2077-11-26
मिति २०७७।११।१४ गते शुक्रबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषयक कार्यक्रम समुदायलाई जानकारी गराउने उद्देश्यले रुपन्देही जिल्लाको कोटहीमाई गाउँपालिका वडा नं. ५ स्थित श्री मर्चवार आदर्श माध्यमिक विद्यालय, मझगावाँको सभाहलमा उ.स.व.का. बुटवलका सहन्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूको अध्यक्षता, कोटहीमाई गाउँपालिकाका अध्यक्ष श्री चन्द्रभुषण यादवज्यूको प्रमुख आतिथ्यता, ऐ. गाउँपालिका उपाध्यक्ष श्री भानमती बनियाँज्यू, जिल्ला सरकारी वकील कार्यालय, रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री डम्मर प्रसाद काफ्लेज्यू, उ.स.व.का. बुटवलका उपन्यायाधिवक्ता श्री हरि प्रसाद घिमिरेज्यू, कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश कुमार गौडज्यू, ऐ. गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्री बिपिन कुमार द्बीवेदीज्यू, मर्चवार माध्यमिक विद्यालयका निमित्त प्र.अ. श्री धनञ्जय त्रिपाठीज्यू, उ.स.व.का. बुटवलका सहायक न्यायाधिवक्ताद्बय श्री विष्णु हरि मरासिनीज्यू, श्री नारायण आचार्यज्यू, ईलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक श्री अमृत भण्डारीज्यूको आतिथ्यता एवं मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक शिक्षिकाज्यूहरु, विद्यार्थीहरु, कार्यक्रममा सहभागी उच्च सरकारी वकील कार्यालय बुटवल र जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीका कर्मचारीहरु, स्थानीय सर्वसाधारण एवं पत्रकारहरु गरी ६१ (१८ महिला ४३ पुरुष) जनाको उपस्थितिमा उच्च सरकारी वकील कार्यालय, बुटवल र जिल्ला सरकारी वकील कार्यालय, रुपन्देहीको सम्यूक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री डम्मर प्रसाद काफ्लेज्यू र उच्च सरकारी वकील कार्यालय, बुटवलका सहायक न्यायाधिवक्ता श्री विष्णु हरि मरासिनीज्यूले "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । करीव १२ जना सहभागिहरुबाट सरकारी वकील र सरकार वादी मुद्दा सम्वन्धमा उठाईएका जिज्ञासाहरुको उ.स.व.का. बुटवलका सह-न्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूले विभिन्न रोचक उदाहरणहरु सहित सम्वोधन गर्नु भएको थियो साथै कार्यक्रम सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सम्पूर्ण सहभागीहरुलाई धन्यबाद दिनुभएको थियो । सो कार्यक्रममा कोटहीमाई गाउँपालिकाका अध्यक्ष श्री चन्द्रभुषण यादव, कार्यक्रममा सहभागीको तर्फबाट श्री शिवपुजन यादव र सहभागी विद्यार्थीको तर्फबाट अर्जुन बनियाले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा जि.स.व.का. रुपन्देहीका सहायक जिल्ला न्यायाधिवक्ता श्री पुणेन्द्र पाण्डेले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालक जि.स.व.का. रुपन्देहीका कम्प्यूटर अपरेटर श्री रुपा बुढाथोकीले गर्नुभएको थियो ।
स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....
महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)
२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....
बढुवा सचिवालयको बढुवा सिफारिस सम्वन्धी सूचना (२०८१।११।१२)
महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)
अधिकार प्रत्यायोजन सम्बन्धमा (२०८१।०६।०८)
फौजदारी कसूर (कैद कट्टा) (तेस्रो संसोधन) नियमावली-२०८१
सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, (राजपत्र २०८० चैत्र ३०)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)
उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)
कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)
मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)
कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)
माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)
मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुको स्वीकृत वार्षिक कार्ययोजना (२०८१।०८२)