समुदायमा सरकारी वकील कार्यक्रम सम्वन्धमा (२०७७।११।१२)

samachar

2077-11-20

सरकारी वकील र समुदाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ......

मिति २०७७।११।१२ गते बुधबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषयक कार्यक्रम समुदायलाई जानकारी गराउने उद्देश्यले रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. १० को कार्यालयको सभाहलमा उ.स.व.का. बुटवलका सहन्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूको अध्यक्षता, सैनामैना नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष श्री सुनिल मरासिनी, ऐ.ऐ. वडा नं. १० का.वा. वडा अध्यक्ष श्री कल्पना कुँवरज्यू, जिल्ला सरकारी वकील कार्यालय, रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री डम्मर प्रसाद काफ्लेज्यू, जि.स.व.का. रुपन्देहीका सहायक जिल्ला न्यायाधिवक्ता श्री डिल्लीराज ज्ञवालीज्यू,  सैनामैना नगरपालिका वडा नं. १० का वडा सचिव श्री कमल पोखरेलज्यू, ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक श्री कमल परियारज्यूको आतिथ्यता एवं सैनामैना नगरपालिका वडा नं. १० का वडा सदस्यज्यूहरु, अन्य कर्मचारीज्यूहरु, कानून संकायका विद्यार्थीहरु, सोही वडा अन्तरगतका टोल विकास समितिका अध्यक्षज्यूहरु, उपाध्यक्षज्यूहरु, सचिवज्यूहरु, प्रहरीहरु, कार्यक्रममा सहभागी उच्च सरकारी वकील कार्यालय बुटवल र जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीका कर्मचारीहरु, स्थानीय सर्वसाधारण एवं पत्रकारहरु गरी ७५ (३४ महिला ४१ पुरुष) जनाको उपस्थितिमा उच्च सरकारी वकील कार्यालय, बुटवल र जिल्ला सरकारी वकील कार्यालय, रुपन्देहीको सम्यूक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, बुटवलका सह-न्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यू र जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री डम्मर प्रसाद काफ्लेज्यूले "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । करीव १५ जना सहभागिहरुबाट सरकारी वकील र सरकार वादी मुद्दा सम्वन्धमा उठाईएका जिज्ञासाहरुको उ.स.व.का. बुटवलका सह-न्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूले विभिन्न रोचक उदाहरणहरु सहित सम्वोधन गर्नु भएको थियो साथै कार्यक्रम सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै सहयोगी मनहरुलाई धन्यबाद दिनुभएको थियो । सो कार्यक्रममा सोही वडाका का.वा. वडा अध्यक्ष श्री कल्पना कुँवर, कार्यक्रममा सहभागीको तर्फबाट श्री खिमचन्द्र कार्की र सहभागी विद्यार्थीको तर्फबाट समिक्षा श्रीपालीज्यूले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा जि.स.व.का. रुपन्देहीका सहायक  जिल्ला न्यायाधिवक्ता श्री डिल्लीराज ज्ञवालीज्यूले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालक उ.स.व.का. बुटवलका कम्प्यूटर अपरेटर श्री बुद्धिराम पराजुलीले गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)


स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....


महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)


२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....


बढुवा सचिवालयको बढुवा सिफारिस सम्वन्धी सूचना (२०८१।११।१२)


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)


समाचार

उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)


उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)


कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)


मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)


कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)


माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)