बाल सुधार गृहका लागि पुस्तक हस्तान्तरण कार्यक्रम

samachar

2077-8-21

सम्मानित महान्यायाधिवक्ताको कार्यालय मार्फत प्राप्त भएका विभिन्न विषयका पुस्तकहरु (नेपालको संविधान, साहित्य, ऐन, नियम, कानून, कथा, उपन्यास, सफल व्यक्तिको जीवनी/कथा, शब्दकोष, माध्यमिक स्तरका पाठ्यपुस्तक समेत समेटिएको १ लाख १७ हजार ५ सय मुल्य बराबरको) पुस्तक उच्च सरकारी वकील कार्यालय बुटवलद्बारा बाल सुधार गृह भैरहवाका प्रमुख श्री शुभद्रा गौतमलाई हस्तान्तरण गरिएको छ। 

२०७७ मंसिर १९ गते शुक्रबार बाल सुधार गृह भैरहवामा आयोजित उक्त कार्यक्रम उच्च सरकारी वकील कार्यालय बुटवलका कार्यालय प्रमुख का.मु. सह-न्यायाधिवक्ता श्री मोहन सागर बश्यालको अध्यक्षता, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री पिताम्बर घिमिरेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम उच्च सरकारी वकील कार्यालय बुटवलका क.अ. श्री बुद्धि पराजुलीले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले अध्ययनले बालकहरुलाई सकारात्मक भावनाको विकास गरी सुध्रिने मौका प्रदान गर्ने बताउनुभयो । उच्च सरकारी वकील कार्यालय बुटवलका कार्यालय प्रमुख का.मु. सह-न्यायधिवक्ता श्री मोहन सागर बश्यालले महान्यायाधीवक्ताको कार्यालय र आफूहरुको निरन्तर प्रयास पछि सुधार गृहमा धेरै परिवर्तन आएको जनाउँदै थप व्यवस्थित गर्न सबैले सहयोग गर्नु पर्ने भन्दै सानो प्रयत्नले पनि ठूलो नतिजा ल्याउने बताउनु भएको थियो । हामिले हस्तान्तरण गरेका पुस्तकहरुलाई जिन्सीमा आम्दानी बाँधेर अभिलेखिकरण गरी पुस्तकालयको नियमानुसार व्यवस्थित गर्न गराउन पुस्तकहरुको सही सदुपयोग गर्नुहुन, बाल बालिकाहरुलाई पठनपाठनमा सहयोग पुग्ने गरी सहजिकरण गर्नुपर्ने कुरामा जोड दिदै उक्त कार्यमा बाल सुधार गृहका कर्मचारीको सकृय र सकारात्मक योगदान हुनुपर्ने कुरामा जोड दिनु भएको थियो ।

उक्त कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री डम्बर प्रसाद काफ्ले लगायतका कर्मचारीहरु, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्री प्रवीण पोखरेल, सशस्त्र प्रहरी बल नम्बर २७ गण रुपन्देहीका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक श्री तेज पोखरेल लगायतका सुरक्षाकर्मीहरु, लुम्बिनी प्रेस क्लबका सचिव शंकर पाण्डे लगायत विभिन्न मिडियाबाट पाल्नु भएका पत्रकारज्यूहरु साथै उच्च सरकारी वकील कार्यालय बुटवलका उपन्यायाधिवक्ता श्री नरेन्द्र देवकोटा, खरिदार यनराज अर्याल समेतको उपस्थिति रहेको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)


स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....


महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)


२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....


बढुवा सचिवालयको बढुवा सिफारिस सम्वन्धी सूचना (२०८१।११।१२)


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)


समाचार

उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)


उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)


कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)


मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)


कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)


माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)