2077-5-22
१७ औं निजामती सेवा दिवस-२०७७ को अवसरमा मिति २०७७ भाद्र २२ गते सोमबार यस उच्च सरकारी वकील कार्यालय, बुटवलका कार्यालय प्रमुख का.मु. सह-न्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा साथै सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा "स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन" भन्ने मुल नारालाई मुर्त रुप दिन "सार्वजनिक सेवा प्रवाहमा सरकारी वकील कार्यालयहरुमा कार्यरत सरकारी वकील तथा अन्य कर्मचारीहरुको भूमिका" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।

सो कार्यक्रममा कार्यालय प्रमुख तथा अन्तरक्रिया कार्यक्रमका अध्यक्षज्यूले निजामती सेवाको विविध विषयमा प्रकाश पार्नुको साथै नेपाल न्याय सेवा, सरकारी वकील समूहमा कार्यरत कर्मचारीको हैसियतले पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउन स्वच्छ, निष्पक्ष र प्रभावकारी रुपमा छिटो छरितो कार्य सम्पादन गर्नुपर्ने र सबैले आ-आफ्नो तहबाट व्यावसायिक निष्ठा र पदीय मर्यादालाई दत्तचित्त भएर लाग्नुपर्ने बताउनु भएको थियो ।

सोही कार्यक्रममा उच्च सरकारी वकील कार्यालय बुटवल र मातहत सरकारी वकील कार्यालयमा लामो समयसम्म अनवरत रुपमा सेवा गरेका कर्मचारीहरुलाई सिफारिस छनौट समितिको सिफारिसको आधारमा उच्च सरकारी वकील कार्यालय बुटवलका टा.ना.सु. श्री चन्द्रावती खाती, जिल्ला सरकारी वकील कार्यालय, पाल्पाका खरिदार श्री पूर्ण बहादुर कार्की र जिल्ला सरकारी वकील कार्यालय, गुल्मीका कार्यालय सहयोगी श्री हरि प्रसाद खनाललाई नगद सहित कदर पत्रद्बारा सम्मान गरि भव्यताका साथ निजामती सेवा दिवस सम्पन्न गरियो ।

महान्यायाधिवक्ताको कार्यालयको चौथो पञ्चवर्षीय रणनीतिक योजना (आर्थिक वर्ष २०८३/८४–२०८७/८८)
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारीको विवरण
कार्यालय समय परिवर्तन सम्वन्धमा (२०८२ चैत्र २३ गते देखी)
सम्पत्ति तथा मालसामानको लिलाम बढाबढको सूचना : (प्रकाशन मिति: २०८२।१०।११)
लुटपाट भएका सामाग्रीहरु भेटेमा बुझाईदिने सम्बन्धमा .... (२०८२।०५।३०)
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)
स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'
मातहत कार्यालयहरुसँगको आ.व. २०८२।०८३ को वार्षिक समिक्षा कार्यक्रम सम्वन्धमा ......... (२०८३।०३।२९)
समुदायमा सरकारी वकील कार्यक्रम सम्वन्धमा (२०८३।०२।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।१२।०४)
उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)
उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)
कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)