उच्च सरकारी वकील कार्यालय बुटवलको नयाँ बन्ने कार्यालय भवनको एक समारोह बीच शिलान्यास ........

samachar

2076-9-16

मिति २०७६ पुस १५ गते मंगलबार प्रदेश नं ५ को बुटवलमा माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट उच्च सरकारी वकील कार्यालय बुटवलको नयाँ बन्ने कार्यालय भवनको एक समारोहका बीच शिलान्यास भएको छ । माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूको प्रमुख आतिथ्यता तथा नायब महान्यायाधिवक्ता श्री पद्म प्रसाद पाण्डेयज्यूको अध्यक्षतामा सञ्चालीत सो समारोहमा प्रदेश नं ५ का प्रदेश सभा सदस्य माननीय श्री भोजप्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख श्री एकराज विश्वकर्मा, प्रदेशका प्रमुख सचिव श्री तोय नारायण ज्ञवाली, उच्च अदालत तुल्सीपुर बुटवल इजलासका माननीय न्यायाधीशज्यूहरु, प्रदेश नं ५ का मुख्य न्यायाधिवक्ता श्री ठाकुर प्रसाद डि.सी.ज्यू, तिलोत्तमा नगरपालिकाका प्रमुख श्री बासुदेव घिमिरेज्यू, बुटवल उपमहानगरपालिकाका उपप्रमुख श्री गुमादेवी आचार्यज्यू, प्रमुख जिल्ला अधिकारी श्री महादेव पन्तज्यू, उच्च अदालत बार एशोसियसन बुटवलका अध्यक्ष अधिवक्ता श्री जोग बहादुर खत्रीज्यू, बरिष्ठ अधिवक्ताज्यूहरु, विभिन्न कार्यालयका कार्यालय प्रमुखज्यूहरु, सुरक्षा निकायका प्रमुखज्यूहरु एवं पत्रकारहरु समेत गरि ९८ जनाको सहभागिता रहेको थियो ।

      उक्त कार्यक्रममा संघीय आयोजना कार्यान्वयन इकाई भैरहवाका ईन्जिनियर श्री धुव्र पौडेल, उच्च अदालत बार एशोसियसन बुटवलका अध्यक्ष अधिवक्ता श्री जोग बहादुर खत्रीले मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथि माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूले सभालाई सम्वोधनको क्रममा नयाँ संविधान, यसले सृजित गरेका व्यवस्थाहरु, सो लाई तारम्यता हुने गरी लागू गरिएका नयाँ संहिताहरुको कार्यान्वयन साथै सुदुर पश्चिम क्षेत्रमा व्याप्त छाउपडि प्रथालाई निर्मुल गर्न कानूनमा व्यवस्था भए अनुरुप निर्मम ढंगले सरोकारवालाहरुले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भन्दै उच्च सरकारी वकील कार्यालय बुटवलको भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीलाई गुणस्तरीय भवन निर्माणको लागि कुनै संझौता नगरी काम गर्न र समय भन्दा अगावै कार्य सम्पन्न गरी पुरस्कृत हुन समेत प्रेरित गर्नु भयो ।

 

 

 


संलग्न जोडिएका विवरणहरु

download
सूचना

महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)


स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....


महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)


२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....


बढुवा सचिवालयको बढुवा सिफारिस सम्वन्धी सूचना (२०८१।११।१२)


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)


समाचार

उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)


उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)


कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)


मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)


कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)


माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)