2076-9-1
आज मिति २०७६ साल मंसिर ३० गते सोमबार दिनको ४.०० बजे उच्च सरकारी वकील कार्यालय बुटवलमा समन्वय समितिको बैठक सम्पन्न भयो । का.मु. सह-न्यायाधिवक्ता श्री मोहनसागर बश्यालज्यूको संयोजकत्वमा बसेको उक्त बैठकमा समन्वय समितिका सदस्य संघीय प्रहरी इकाइ कार्यालय, रुपन्देहीका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक श्री मोहन कुमार आचार्य, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी श्री भरत कुमार शर्मा र सदस्य सचिव उच्च सरकारी वकील कार्यालय बुटवलका शाखा अधिकृत श्री विमल पन्थी एवं आमन्त्रित सदस्यको रुपमा उच्च अदालत बार इकाइ बुटवलका अध्यक्ष अधिवक्ता श्री जोग बहादुर खत्री, उ.स.व.का. बुटवलका उप-न्यायाधिवक्ता श्री श्याम सुन्दर चौधरी र उच्च अदालत तुलसीपुर बुटवल ईजलासका निमित्त रजिष्ट्रार शोभाखर खरेलको सहभागिता रहेको थियो ।
बैठकले समन्वय समितिबाट भएको पूर्व निर्णयको समिक्षा एवं यहि २०७६ साल पौष ४ देखि ६ गते सम्म सम्पन्न हुन गईरहेको नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजन कर्ता सरकारी वकीलहरुको दोस्रो सम्मेलनमा छलफल हुनुपर्ने विषयका बारेमा चर्चा गर्दै अपराध संहिता, फौजदारी कार्यविधि संहिताहरुको प्रभावकारी कार्यान्वयका लागि सरोकारवाला समेतलाई समाबेश गरी थप प्रशिक्षित गर्नुपर्ने, सरकारी साक्षीहरु र अपराध पीडितको सहायता, सुरक्षा, संरक्षण एवं पुनर्स्थापनाको प्रभावकारी कार्यान्वयनको लागि संस्थागत संरचना, अपराध पीडितको हकमा अधिकारको कार्यान्वयन गर्ने उद्देश्यले विभिन्न ऐनद्धारा स्थापित कोषहरुको सट्टा एकल संरचनाको निर्माण, विधि विज्ञान प्रयोगशालाको विस्तार, वित्तीय तथा प्रविधिजन्य अपराधहरुको अनुसन्धान र अभियोजन सम्वन्धी जटिलतालाई न्यूनिकरण गर्ने कार्यदिशा तय जस्ता विषयमा आवश्यक व्यवस्थाको लागि यथोचित पहल सहित सम्वद्ध पक्षहरुलाई घचघच्याउनु पर्ने कुराहरु समावेश हुनुपर्ने निर्णय गरेको छ । साथै सरकारवादी मुद्दाको अनुसन्धान अभियोजन र प्रतिरक्षालाई थप प्रभावकारी बनाउन सरोकार पक्षहरुले खेल्नुपर्ने भूमिकाको बारेमा सरकारी वकील, प्रहरी र नेपाल वार एशोसियसन समेतको प्रतिनिधित्वमा कम्तिमा त्रैमासिक रुपमा सचेतनात्मक कार्यक्रमको विस्तार गर्ने लगायत विविध विषयमा निर्णय समेत गरेको छ ।
महान्यायाधिवक्ताको कार्यालयको चौथो पञ्चवर्षीय रणनीतिक योजना (आर्थिक वर्ष २०८३/८४–२०८७/८८)
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारीको विवरण
कार्यालय समय परिवर्तन सम्वन्धमा (२०८२ चैत्र २३ गते देखी)
सम्पत्ति तथा मालसामानको लिलाम बढाबढको सूचना : (प्रकाशन मिति: २०८२।१०।११)
लुटपाट भएका सामाग्रीहरु भेटेमा बुझाईदिने सम्बन्धमा .... (२०८२।०५।३०)
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)
स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'
मातहत कार्यालयहरुसँगको आ.व. २०८२।०८३ को वार्षिक समिक्षा कार्यक्रम सम्वन्धमा ......... (२०८३।०३।२९)
समुदायमा सरकारी वकील कार्यक्रम सम्वन्धमा (२०८३।०२।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।१२।०४)
उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)
उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)
कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)