रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिकामा कानूनी सचेतना सम्वन्धी "समुदायमा सरकारी वकील कार्यक्रम" सम्पन्न (२०७६ कार्तिक ०२ गते शनिवार)

samachar

2076-7-5

कानूनी सचेतना सम्वन्धी समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ......

मिति २०७६।०७।०२ गते शनिवार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व र  देवानी संहिताका प्रमुख विशेषताहरु विषयक कार्यक्रम समुदायलाई जानकारी गराउने उद्देश्यले रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिकामा सोही गाउँपालिकाका उपाध्यक्ष सुन्दरवती देवी कूमारी हरिजनज्यूको अध्यक्षता, उच्च सरकारी वकील कार्यालय बुटवलका नि.सह-न्यायाधवक्ता श्री मोहन सागर बस्यालज्यूको प्रमुख आतिथ्यता, ओमसतिया गाउँपालिकाका अध्यक्ष श्री हिरा केवटको विशिष्ट आतिथ्यता एवं जिल्ला सरकारी वकील कार्यालय, रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरे, जि.स.व.का. रुपन्देहीका अन्य कर्मचारीहरु, उच्च सरकारी वकील कार्यालयका कर्मचारीहरु, ओमसतिया गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्षज्यूहरु, वडा सदस्यज्यूहरु, नगर प्रहरीहरु, अन्य कर्मचारीहरु, स्थानीय सर्वसाधारण  एवं पत्रकारहरु गरी ८१ (१६ महिला ६५ पुरुष) जनाको उपस्थितिमा उच्च सरकारी वकील कार्यालय, बुटवल र जिल्ला सरकारी वकील कार्यालय, रुपन्देहीको सम्यूक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, बुटवलका नि.सह-न्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूले "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने जि.स.व.का. रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरेज्यूले "देवानी संहिताका प्रमुख विशेषताहरु" सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । साथै करिव १४ जना सहभागिहरुबाट सरकारी वकील र देवानी मुद्दा सम्वन्धमा उठाईएका जिज्ञासाहरुको उ.स.व.का. बुटवलका नि. सह-न्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यू र जि.स.व.का. रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरेज्यूले विभिन्न रोचक उदाहरणहरु सहित सम्वोधन गर्नु भएको थियो साथै कार्यक्रम सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै सहयोगी मनहरुलाई धन्यबाद दिनुभएको थियो । सो कार्यक्रममा सोही गाउँपालिकाका अध्यक्ष श्री हिरा केवट, सोही गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता श्री शिव कुमार धवल, जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी निरीक्षक श्री तेज बहादुर खत्रीज्यूले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा उ.स.व.का. बुटवलका शा.अ. श्री मीना थापाज्यूले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालक जि.स.व.का. रुपन्देहीका शाखा अधिकृत श्री नवराज रेग्मीले गर्नुभएको थियो ।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)


स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....


महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)


२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....


बढुवा सचिवालयको बढुवा सिफारिस सम्वन्धी सूचना (२०८१।११।१२)


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)


समाचार

उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)


उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)


कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)


मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)


कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)


माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)