2076-2-20
लैङ्गिक न्याय र वालन्याय सम्वन्धी समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ......
मिति २०७६।०२।१९ गते आईतबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व र लैङ्गिक न्याय तथा वालन्याय" विषय कार्यक्रम समुदायलाई जानकारी गराउने उद्देश्यले रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित श्री कालिका मानवज्ञान माध्यमिक विद्यालयमा उच्च सरकारी वकील कार्यालय बुटवलका सह-न्यायाधिवक्ता श्रीमान् राम कुमार थापाज्यूको अध्यक्षता, कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री होम बहादुर गलामीज्यूको प्रमुख आतिथ्य, सोही विद्यालयका प्राचार्य श्री घनश्याम पाठकज्यू, शिक्षक अभिभावक संघका प्रतिनिधि श्री कृष्ण खनालज्यू, विद्यालय व्यवस्थापन समिति, शिक्षक शिक्षीका, कक्षा ८–१० का Selected विद्यार्थिरु एवं पत्रकारहरु गरी ९२ जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय बुटवलका उप-न्यायाधिवक्ता श्री श्याम सुन्दर चौधरीज्यूले "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उ.स.व.का. बुटवलका शाखा अधिकृत श्री उशा गजमेरज्यूले "लैङ्गिक न्याय तथा वालन्याय" सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । साथै करिव ११ जना सहभागिहरुबाट सरकारी वकील र वालन्याय सम्वन्धमा उठाईएका जिज्ञासाहरुको कार्यक्रमका अध्यक्ष एवं उ.स.व.का. बुटवलका सह-न्यायाधिवक्ता श्रीमान् राम कुमार थापाज्यूले विभिन्न रोचक उदाहरणहरु सहित सम्वोधन गर्नु भएको थियो साथै कार्यक्रम सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै सहयोगी मनहरुलाई धन्यबाद दिनुभएको थियो । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री होम बहादुर गलामी, प्राचार्य श्री घनश्याम पाठकज्यूले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा उ.स.व.का. बुटवलका ना.सु. श्री उमापति गैरेले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो साथै सो कार्यक्रमको संचालन उ.स.व.का. बुटवलका ना.सु. श्री सुरेश प्रसाद यादवले गर्नु भएको थियो भने कार्यक्रमको व्यवस्थापन उ.स.व.का. बुटवलका कम्प्यूटर अपरेटर श्री बुद्धि पराजुली गर्नुभएको थियो ।
स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....
महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)
२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....
बढुवा सचिवालयको बढुवा सिफारिस सम्वन्धी सूचना (२०८१।११।१२)
महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)
अधिकार प्रत्यायोजन सम्बन्धमा (२०८१।०६।०८)
फौजदारी कसूर (कैद कट्टा) (तेस्रो संसोधन) नियमावली-२०८१
सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, (राजपत्र २०८० चैत्र ३०)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)
उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)
कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)
मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)
कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)
माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)
मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुको स्वीकृत वार्षिक कार्ययोजना (२०८१।०८२)