2076-1-17
जिल्ला सरकारी वकील कार्यालय गुल्मीको नवनिर्मित भवनको समुद्घाटन समारोह मिति २०७६।०१।१७ गतेका दिन माननीय महान्यायाधिवक्ता श्री अग्नी प्रसाद खरेल ज्यूबाट सु–सम्पन्न भयो ।
महान्यायाधिवक्ताको कार्यालयका सम्माननीय नायब महान्यायाधिवक्ता श्री पदम प्रसाद पाण्डे ज्यूको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन जिल्ला सरकारी वकील कार्यालय गुल्मीका सहायक जिल्ला न्यायाधिवक्ता रामप्रसाद पन्थीले गर्नु भएको थियो उक्त कार्यक्रमको स्वागत मन्तव्य सहित भवन निर्माण प्रतिवेदन प्रस्तुत जिल्ला न्यायाधिवक्ता श्री शान्ति प्रसाद शर्माले गुर्नभएको थियो भने प्राविधिक प्रतिवेदन प्रस्तुत शहरी विकास तथा भवन निर्माण कार्यालय, पाल्पाका ई.श्री टिका थापाले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गुल्मी जिल्ला बार एसोसियसनका अध्यक्ष तथा अधिवक्ता श्री गोपाल खनाल, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, गुल्मी जिल्ला अदालतका माननीय जिल्ला न्यायाधिश श्री रामप्रसाद न्यौपाने, रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसाल, जिल्ला समन्वय समिति गुल्मीका उप–प्रमुख तुल्सी कुमारी श्रेष्ठले मन्तव्य राख्दै यस जिल्ला सरकारी वकील कार्यालय गुल्मीको भवन गुल्मी जिल्लाकै उत्कृष्ट भवन निर्माण भएको , न्याय दिलाउने तथा मुद्दा मामिलाको कुरामा समन्वय गर्ने गरेको र यस सरकारी वकील कार्यालयले दिने न्याय सेवा निष्पक्ष रहेको भनी मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका सम्माननीय प्रमुख अतिथि माननीय महान्यायाधिवक्ता ज्यूबाट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस नवनिर्मित भवन जती सुन्दर र आकर्षक छ यस कार्यालयबाट प्रवाह हुने सेवा पनि उत्तिकै नियमित र आकर्षक हुनेछन् भन्दै सरकारी वकीलले कानूनमा भएका प्रावधान अनुरुप निष्पक्ष र निडर भई पीडितलाई स्वच्छ न्याय प्रदान गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।
गुल्मी जिल्ला स्थित विभिन्न कार्यालय तथा संघसंस्थाका प्रमुख, समाजसेवी, बुद्धिजिवी, संचारकर्मीहरु समेतको उल्लेखनीय उपस्थित रहेको उक्त कार्यक्रमको अध्यक्षता गर्नुभएका महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेले नवनिर्मत भवनको स्याहार र सम्भारमा विशेष ध्यान दिई वर्तमान स्वरुपलाई कायम राखी रहन, कार्यलयको कार्यलाई अत्याधुनिक प्रविधिद्धारा संचालन गरी छिटो छरितो सेवा प्रवाह गर्न निर्देशन दिदै कार्यक्रमको समापन गर्नुभएको थियो ।
आ.व.०८२।०८३ को श्रावण महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
आ.व.२०८१/०८२ को वार्षिक कार्य प्रगति विवरण ।
आ.व. ०८१/०८२ को असार महिनाको मासिक कार्य प्रगति विवरण ।
आ.व.०८१/८२ को जेठ महिनाको मासिक कार्य प्रगति विवरण ।
उजुरी माग
उजुरी माग सम्बन्धी सूचना
उजुरी माग गर्ने सम्बन्धी सूचना
आ.व.०८१/८२ को बैशाख महिनाको मासिक कार्य प्रगति विवरण ।
आ.व.०८१/८२ को चैत्र महिनाको खर्चको फाँटवारी ।
आ.व.०८१/८२ को चैत्र महिनाको मासिक कार्य प्रगति विवरण ।
अभियोजनकर्ता सरकारी वकील र अनुसन्धान अधिकृतबीच बैठक सम्पन्न (२०८१।०९।२२)
अभियोजनकर्ता र अनुसन्धानकर्ता बीचको बैठक सम्बन्धमा( २०७९/०७/१८)
कर्मचारीहरुको बैठक (staff meeting) सम्पन्न (२०७९।०५।०९)
बैठक सम्पन्न (मिति २०७८।१२।२९)
२०७८ चैत्र महिनाको नियमित बैठक (Staff Meeting) सम्बन्धमाः- (२०७८/१२/०१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्मपन्न (२०७८/११/१३)
२०७८ फागुन महिनाको नियमित बैठक (Staff Meeting) सम्बन्धमाः- (२०७८/११/०९)
२०७८ पुष महिनाको नियमित बैठक सम्बन्धमा (२०७८/०९/१६)
समन्वय समितिको बैठक सम्बन्धमा (२०७८/०९/१२)
अभियोजनकर्ता र अनुसन्धानकर्ता बीचको बैठक सम्बन्धमा( २०७८/०९/०६)