समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2075-12-19

भौगोलिक हिसाबले गुल्मी जिल्लाको विकट क्षेत्र मानिएको मालिका गाउँपालिकामा अवस्थित अर्खावाङ्गमा जिल्ला सरकारी वकील कार्यालय गुल्मीबाट समुदायमा सरकारी वकील कार्यक्रम अन्र्तगत मुलुकी फौजदारी संहिता सम्बन्धी अन्र्तक्रिया कार्यक्रम गरिएको हो । दोश्रो पञ्चवर्षिय रणनितिक योजनाको उद्देश्य अनुरुप यस कार्यालयले समुदायमा गई सरकारी वकीलको भुमिका तथा मुलुकी फौजदारी संहिताको बारेमा अन्र्तक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न गरीएको छ ।

कानूनको शासन प्रवद्र्धन गर्ने, फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनमा नेतृत्वदायी भुमिका खेली स्वच्छ र प्रभावकारी अभियोजन तथा सृदृढ प्रतिरक्षा प्रणाली एवं व्यवसायिक कानूनी राय प्रदान गर्ने संस्थाको रुपमा विकास गर्न श्री जिल्ला सरकारी वकील कार्यालय गुल्मीले सरकारी वकीलको पेशालाई व्यवसायिक बनाउने र जिल्ला सरकारी वकील कार्यालयको संस्थागत सुदृढीकरण गर्ने कार्ययोजना र लक्ष्य सहित यस जिल्लाकै विकट मानिने ठाउँमा गई सरोकारवालाहरु सँग अन्र्तक्रिया गरीएको छ ।


संलग्न जोडिएका विवरणहरु

No Attachments