श्री उच्च सरकारी वकील कार्यालय ओखलढुंगा, सिद्धिचरण नगरपालिका वडा नं. १२ स्थित गणेश टोलमा अवस्थित छ । प्रदेश नं. १ का ओखलढुंगा, उदयपुर, खोटाङ र सोलुखुम्बु जिल्ला सरकारी वकील कार्यालयहरु हेर्ने जिम्मेवारी पाएको यस कार्यालयहरुको नेतृत्व नेपाल न्याय सेवाका राजपत्राङ्कित सह न्यायाधिवक्ताबाट गरिंदै आएको छ । जम्मा ११ जना कर्मचारीहरु रहेको यस कार्यालयले नेपाल सरकार वादी हुने मुद्दहरुमा उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा उपस्थित भई नेपाल सरकारको तर्फबाट बहस, पैरवी र प्रतिरक्षा गर्दछ । यसको अलावा यस कार्यालयले नेपालको संविधानको धारा १५८ द्रारा प्रदत अधिकारको महान्यायाधिवक्ताबाट प्रत्यायोजन भए बमोजिम अधिकार प्रयोग गरी आफनो दैनिक कार्य सम्पादन गर्ने गर्दछ ।
श्री महेन्द्र बहादुर थापा
भीमसेन काफ्ले