• उच्च सरकारी वकील कार्यालय र मातहतका सरकारी वकिल कार्यालयहरुले संविधान र कानून बमोजिम सम्पादन गर्ने काम कारवाहीका सम्बन्धमा कुनै सल्लाह, सुझाव, जिज्ञासा वा गुनासो भए उच्च सरकारी वकील कार्यालयको टेलिफोन नं. ०५७-५२०७१३‍ मा अथवा यस कार्यालयको इमेलः hgao.hetauda@ag.gov.np मा सम्पर्क गर्न हुन अनुरोध छ ।

परिचय

उच्च सरकारी वकील कार्यालय मकवानपुर,हेटौडा उपमहानगरपालिका वडा नं. २ स्थित अड्डा मार्गमा अवस्थित छ । साविकमा यस कार्यालयको नाम पुनरावेदन सरकारी वकील कार्यालय, रहेकोमा हाल नेपालको संविधान अनुसार २०७३।६।१ गते बाट उच्च सरकारी वकील कार्यालय रहेको र यस कार्यालय अन्तर्गत प्रदेश नं. ३ का चितवन र मकवानपुर जिल्ला सरकारी वकील कार्यालयहरु छन् र सरकारी वकील सम्बन्धी नियमवाली अनुसार यस कार्यालयहरुको नेतृत्व नेपाल न्याय सेवाका राजपत्राङ्कित प्रथम श्रेणी सहन्यायाधिवक्ता बाट हुने र यस कार्यालयमा १ उपन्यायाधिवक्ता र  २ जाना शाखा अधिकृत समेत बाट सरकारी वकीलको रूपमा कार्य सम्पादन गरिन्छ । साथै अन्य सहायक स्तरका कर्मचारी हरू समेत  गरी जम्मा १८ जना कर्मचारीहरुको दरवन्दी रहेको  तथा यस  कार्यालयले  नेपाल सरकार वादी हुने वा नेपाल सरकारको हक हित वा सरोकार निहित रहेको मुद्दामा नेपाल सरकारको तर्फवाट प्रतिनिधित्व गर्न तथा तोकीए बमोजिमको कार्यसम्पादन गर्न उच्च अदालत पाटन हेटौडा इजलासमा उपस्थित भई नेपाल सरकारको तर्फबाट बहस, पैरवी र प्रतिरक्षा गर्दछ । यसको अलावा यस कार्यालयले  नेपालको संविधानको धारा १५८ द्वारा प्रदत अधिकारको महान्यायाधिवक्ताबाट प्रत्यायोजन भए बमोजिम  अधिकार प्रयोग गरी आफ्नो दैनिक कार्य सम्पादन गर्ने गर्दछ ।

सहन्यायाधिवक्ता

श्री ईश्वरी प्रसाद ढकाल

उपन्यायाधिवक्ता (प्रवक्ता तथा गुनासो सुन्ने अधिकारी)

मुकुन्दहरी पौडेल

सहायक न्यायाधिवक्ता (सुचना अधिकारी)

हेमचन्द्र रेग्मी

सहायक न्यायाधिवक्ता

शिला भुसाल