समुदायमा सरकारी वकील कार्यक्रम

samachar

2075-10-28

मिति २०७५/०६/२४ जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १३  मा मुलुकि अपराध संहिता ऐन,२०७४ साथै मुलुकि फौजदारी कर्यविधि(सहिंता) ऐन,२०७४ ले गरेको व्यवस्थाहरु समेतको विषयमा भएको एक दिने कार्यपत्र प्रस्तुतिकरण तथा प्रशिक्षण एवम छलफल कार्यक्रममा करीव ३५ जना सहभागिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा यस कार्यालयका उपन्यायाधिवक्ता श्री ईश्वरीप्रसाद बञ्जाडे बाट अपराध  सहिंताका मुख्य मुख्य विषयहरु तथा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ , शाखाअधिकृत श्री राजेन्द्रमणी पौडेलबाट सजाय र अन्तरिम क्षतिपुर्ति सम्बन्धी व्यवस्था र शाखाअधिकृत श्री ठाकुरराम भण्डारीबाट आपराधिक षड्यन्त्र, उद्योग, दुरुत्साहन र मतियार विषयहरुमा कार्यपत्र प्रस्तुत गरियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments