समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम

samachar

2076-8-5

      महान्यायाधिवक्ताको कार्यालयको निर्देशन तथा परिपत्र बमोजिम उच्च सरकारी वकील कार्यालय हेटौंडाको आयोजनामा मिति २०७६।०८।०४ गते मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिकाको कार्यापालिका भवनमा समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भयो । नि. सहन्यायाधिवक्ता श्री रमेश भट्टराईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा शाखा अधिकृत श्री भावना खतिवडाद्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो भने प्रमुख अतिथिको रुपमा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक श्री हर्कमाया रुम्बा, अतिथिहरु उच्च अदालत बार एसोसियसनका अध्यक्ष श्री युवराज ओली, कानूनी सहायता परियोजनाबाट अधिवक्ता श्री अप्सरा बस्नेत, प्रदेश नं. ३ प्रहरी कार्यालयका प्रमूख प्रहरी उपरीक्षक एंव प्रबक्ता श्री अरुण प्रसाद पौडेल सबैको गरिमामय उपस्थिति रह्यो। कार्यपत्र प्रस्तुतकार्ता र  प्रहरी उपरीक्षकबाट छलफलको क्रममा सहभागी सद्स्यहरु,नागरिक समाज,भद्रभलाद्मी साथै प्रहरी सहकर्मीहरुले उठाएका जिज्ञासाको सम्बोधन गर्दै समापन मन्तव्य राख्नु भएको थियो। न्यायिक समिति संयोजक तथा उपाध्यक्षबाट समापन मन्तव्यमा कार्यक्रम उपलब्धीमूलक रहेको कार्यक्रमले गाउँपालिकाका जनताको आँखा खुलेको भन्दै आयोजकलाई मूरी मूरी धन्यवाद दिनु भएको थियो । नायब सुब्बा श्री प्रमोद पाण्डेले संचालन गर्नु भएको सो कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक, गाउँपालिकाका कानूनी सहजकर्ता लगायत करिब ८० जनाको सहभागिता रहेको थियो । सरकारवादी मुद्दाको अनुसन्धान, अभियोजन, पुनरावेदन, प्रतिरक्षा लगायत नयाँ कानूनी व्यवस्थाको विषयमा अन्तरक्रिया भई सौहार्द रुपमा कार्यक्रम सम्पन्न भयो ।


संलग्न जोडिएका विवरणहरु

download