समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2078-8-20

                मिति २०७८।०८।१८ गते यस उच्च सरकारी वकील कार्यालय, हेटौडाले मकवानपुर जिल्ला थाहा न.पा. दामनमा समुदायमा सरकारी वकील कार्यक्रम आयोजना गरेको थियो । थाहा नगरपालिका अन्तर्गतका बिभिन्न वडाका जनप्रतिनिधिहरु स्थानिय समाजसेवी तथा बिभिन्न व्यवसायमा संलग्न व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रमको  अध्यक्षता उच्च सरकारी वकिल कार्यालय हेटौडाका सहन्यायाधिवक्ताले गर्नुभएको थियो । कार्यक्रममा मुख्य न्यायाधिवक्ताको कार्यालय, बागमती प्रदेश हेटौडाका उपन्यायाधिवक्ता डा. सुर्य पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने जिल्ला सरकारी वकील कार्यालय, मकवानपुरका जिल्ला न्यायाधिवक्ता श्री मुकुन्द पौडेलले सरकारी वकीलको काम कर्तव्य तथा भुमिकाको सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो ।करिब ४० जनाको सहभागीहरु रहेको उक्त कार्यक्रममा समुदायमा सरकारी वकीलको भुमिकालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने सम्बन्धमा अन्तरक्रिया र छलफल भयो । कार्यक्रममा सहायक न्यायाधिवक्ताहरु हेमचन्द्र रेग्मी र शान्ता लामा वाईवा तथा उच्च सरकारी वकील कार्यालय हेटौडा, जिल्ला सरकारी वकील कार्यालय मकवानपुर, मुख्य न्याायाधिवक्ताको कार्यालय बागमति प्रदेशका अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।


संलग्न जोडिएका विवरणहरु

download