समुदायमा सरकारी वकील कार्यक्रम २०७५।२०७६

suchana

2019-07-19


संलग्न जोडिएका विवरणहरु

उच्च सरकारी वकील कार्यालय हेटौडाको आयोजनामा बार्षिक कार्यक्रम अनुसार मिति २०७५।०२।३१ मा मकवानपुर जिल्ला राक्सिराँङ्ग गाउपालिका कार्यालयमा समुदायमा सरकारी वकील संबाद कार्यक्रम सम्पन्न भयो । यस कार्यालयका नि.सह न्यायाधिवक्ता बाबुराम अधिकारी ज्यु को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाँउपालिका अध्यक्ष श्री राजकुमार मल्ल प्रमुख अतिथि र उपाध्यक्ष निर्मला हिमडुङ्ग बिशेष अतिथि रहनुभएको थियो । उच्च अदालत पाटन हेटौडा ईजलासका प्रतिनिधि , उच्च अदालत बारका अध्यक्ष समेतको आतिथ्यमा सम्पन्न सो कार्यक्रममा गाउपालिकाका वडा अध्यक्षहरु बुद्दीजिबि बर्ग नागरिक समाज शिक्षक लगायत ६० जनाको सहभागीता रहेको थियो ।