न्याय प्रशासन ऐन, २०७३ को दफा (३) को उपदफा (१) मा प्रत्येक जिल्लामा एउटा जिल्ला अदालत रहने व्यवस्था छ।सरकारी वकीलसम्बन्धी नियमावली, २०७७ को नियम ४(९) बमोजिम प्रत्येक जिल्लाम जिल्ला अदालतको मुकाम रहेको स्थानमा जिल्ला सरकारी वकील कार्यालय रहने व्यवस्था छ।सोहीबमोजिम जिल्ला सरकारी वकील कार्यालय, डोल्पाको स्थापना दुनैमा भएको हो।यस कार्यालयमा हाल सहायक जिल्ला न्यायाधिवक्ता १ (जिल्ला न्यायाधिवक्ताको दरबन्दी रिक्त), नायव सुव्वा १, सहायक कम्प्यूटर अपरेटर १, कार्यालय सहयोगी ३ तथा सरसफाइ कर्मचारी १ जना गरी जम्मा ७ जना कर्मचारी कार्यरत छन्।
नेपालको संविधानको धारा १५८ मा नेपाल सरकारको मुख्य कानूनी सल्लाहकार र मुख्य अभियोजनकर्ताका रूपमा महान्यायाधिवक्ताको व्यवस्था गरिएको छ।सोही धारा १५८(७) मा महान्यायाधिवक्ताले आफ्नो काम, कर्तव्य र अधिकार तोकिएको शर्तको अधीनमा रही प्रयोग र पालन गर्ने गरी मातहतका सरकारी वकीललाई सुम्पन सक्ने व्यवस्था छ।उक्त संवैधानिक प्रावधानअनुरूप महान्यायाधिवक्ताबाट मातहतका जिल्ला सरकारी वकीलहरूलाई आफूमा निहित मुद्दा चलाउने वा नचलाउने अधिकार विभिन्न शर्तसहित सुम्पिएको छ।संविधानमा लेखिएदेखि बाहेक कुनै अदालत वा न्यायिक अधिकारीसमक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने र नेपाल सरकारको तर्फबाट चलाइने मुद्दाहरूको सन्दर्भमा सम्बन्धित अदालत वा न्यायिक अधिकारीसमक्ष अभियोगपत्र दर्ता गर्ने, मुद्दाको बहस पैरवी, प्रतिरक्षा गर्ने एवम् नेपाल सरकार वा नेपाल सरकारले तोकेका अधिकारीलाई कानूनी राय प्रदान गर्नेलगायतका काम, कर्तव्य र अधिकार महान्यायाधिवक्तामा निहित छ।महान्यायाधिवक्तामा निहित अधिकारहरू मातहतका सरकारी वकीलहरूलाई सुम्पन सक्ने संवैधानिक व्यवस्थाअनुसार महान्यायाधिवक्ताबाट नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अधिकार प्रत्यायोजन हुने र सोही प्रत्यायोजित अधिकार यस जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकीलबाट प्रयोग हुँदै आएको छ।
सरकारी वकीलसम्बन्धी नियमावली, २०७७ अनुसार जिल्ला सरकारी वकील कार्यालयको काम, कर्तव्य र अधिकार देहायबमोजिम छन्।
(क) नेपाल सरकार वादी हुने मुद्दामा प्रहरी वा अधिकार प्राप्त अधिकारीद्वारा अनुसन्धान तहकिकात गरी आवश्यक कारबाहीका लागि प्राप्त मिसिलमा महान्यायाधिवक्ताबाट अधिकार प्रत्यायोजन भएबमोजिम मुद्दा चल्ने वा नचल्ने निर्णय गर्ने र मुद्दा चल्ने निर्णय भएकोमा सम्बन्धित अदालतमा मुद्दा दायर गर्ने,
(ख) नेपाल सरकार वादी भई दायर भएका मुद्दा वा नेपाल सरकारको हक, हित वा सरोकार निहित रहेको मुद्दामा नेपाल सरकार वा नेपाल सरकारको कर्मचारीको तर्फबाट अड्डा अदालतमा उपस्थित भई बहस पैरवी र प्रतिरक्षा गर्ने,
(ग) सम्बन्धित जिल्लामा रहेका नेपाल सरकारका कार्यालयका प्रमुखले मागेको कुनै कानूनी प्रश्नमा राय सल्लाह दिने,
(घ) मुद्दा हेर्ने अधिकारी वा सम्बन्धित अदालतबाट भएको फैसला वा आदेशउपर पुनरावेदन, निवेदन गर्ने वा नगर्नेसम्बन्धी आवश्यक काम कारबाही गर्ने।
२०८२ असोज महिनाको चालू मुद्दा विवरण
तिहार विदामा कर्मचारीहरू तोकिएको
कर्मचारी तोकिएको सम्बन्धमा।
कर्मचारी तोकिएको सम्बन्धमा।
२०८२ भदौ महिनाको मुद्दासँग सम्बन्धित मासिक विवरण
स्वत प्रकाशन दोर्सो त्रैमासिक २०८१ कात्तिक-पुस
सहायक कम्प्युटर अपरेटर सेवा करारमा लिने सम्बन्धी सुचना ।
करार सेवाका लागि दरखास्त फाराम
करार सेवाका लागि दरखास्त फाराम
सहायक कम्प्युटर अपरेटर सेवा करारमा भर्ना गर्ने सम्बन्धी विज्ञापन २०८१
आ.ब. २०८१।०८२ को प्रथम त्रैमासिक (श्रावण-असोज) स्वत प्रकाशन
मिति २०८१ असोज १८ गते शुक्रबार समुदायमा सरकारी वकील संवाद कार्यक्रम सम्पन्न ठूलीभेरी न.पा. १ थाला डोल्पा
वार्षिक कार्ययोजना
स्वत प्रकाशन
तेर्सो त्रैमासिक स्वत: प्रकाशन २०८० (माघ-चैत्र)
नयाँ स्वत प्रकाशन प्रथम त्रैमासिक २०८० साउन-असोजसम्म
नयाँ स्वत प्रकाशन प्रथम त्रैमासिक २०८० साउन-असोजसम्म
स्वत प्रकाशन दोर्सो त्रैमासिक २०८० कात्तिक-पुस
स्वत प्रकाशन दोर्सो त्रैमासिक २०८० कात्तिक-पुस
स्वत प्रकाशन प्रथम त्रैमासिक २०८० (साउन- असोज)
स्वतः प्रकाशन सूचना अन्तर्गत २०७८ साल माघ देखि चैत्र मसान्तसम्म यस कार्यालयले सम्पादन गरेका कामहरुको विवरण
स्वतः प्रकाशन सूचना २०७८ कार्त्तिक - पुष
समन्वय समितीको बैठक
अनुसन्धान निरिक्षण
योजना कार्यान्वयन समिती गठनबमोजपि
बैठकका निर्णयहरु
अनुसन्धान अधिकारीसँग बैठक
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
बालबालिकासँग सरकारी वकील
मिति २०८१।१२।८ गते काइके गाउँपालिका-२, लावनबगरमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न।
समुदायमा सरकारी वकील कार्यक्रम ।
मिति २०७८।१२।२३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
मिति २०७८/१२/२१ गते समन्वय समितीको बैठक सम्पन्न भयो ।
मिति २०७८ साल फाल्गुन महिनाको १२ गते कार्यालय प्रमुख सहायक जिल्ला न्यायाधिवक्ता श्री खुम बहादुर कुँवरको अध्यक्षतामा कर्मचारी बैठक सम्पन्न भयो ।
मिति २०७८।०९।१८ गते समन्वय समिति समितिको बैठक सम्पन्न ।
समुदाय र सरकारी वकील संवाद कार्यक्रम सम्पन्न ।
जिल्ला समन्वय समितिकाे बैठक सम्पन्न ।
मिति २०७६/०८/०४ समुदाय- प्रहरी साझेदारी र समुदायमा सरकारी वकील कार्यक्रम प्रतिवेदन ।
कर्मचारी बैठक सम्बन्धमा ।
कम्पाउण्ड वाल निर्माण सम्पन्न ।
मिति २०७६।०५।२७ गते जिल्ला सरकारी वकील कार्यालय डाेल्पाका नि.जि.न्या.व. श्री कर्ण बहादुर बुढाक्षेत्री काे संयाेजकत्वमा प्रमुख जिल्ला अधिकारी, प्र.ना.उ. लगायत अन्य सराेकारवालाहरुकाे उपस्थितिमा समन्वय समितिकाे बैठक बसी देहाय बमाेजिम निर्णय गरियाे ।
मिति २०७६।०२।०१ देखि ई-हजिरी जडान भएकाे
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

रिक्त

विजयराज घिमिरे

दिर्घ बहादुर थापा
_1737626258.jpg)
अभिषेक शाही