२०८० जेष्ठ महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०८०।०२।३० गते मंगलबार)

samachar

2080-2-31

आज मिति २०८०।०२।३० गते मंगलबारको दिन उच्च सरकारी वकील कार्यालय बुटवलमा यस कार्यालयका कार्यालय प्रमुख सह-न्यायाधिवक्ता श्रीमान् गोविन्दराज गौलीज्यूको अध्यक्षतामा तपशिल बमोजिमको कर्मचारीहरुको उपस्थितिमा कार्यालयको नियमित बैठक बसि तपसिलका प्रस्तावमा छलफल गरी तपसिल बमोजिमको निर्णय गरियो ।

उपस्थिति:-

सह-न्यायाधिवक्ता श्री गोविन्दराज गौली

उप-न्यायाधिवक्ता श्री ऋषिकेशव बश्याल

उप-न्यायाधिवक्ता श्री रवि न्यौपाने

सहायक न्यायाधिवक्ता श्री उमा कुमारी के.सी.

नायब सुब्बा श्री गोपाल पौड्याल

कम्प्यूटर अपरेटर श्री बुद्धिराम पराजुली

कम्प्युटर अपरेटर श्री शान्ति गैरे

लेखापाल श्री पुजन ज्ञवाली

नायब सुब्बा श्री देविराम बन्जाडे

ना.सु. श्री सरोज जि.सी.

हलुका सवारी चालक श्री जगत बहादुर सापकोटा

कार्यालय सहयोगी श्री हरिलाल पौडेल

कार्यालय सहयोगी श्री पुष्पा सारु

कार्यालय सहयोगी श्री भुपेन्द्र लम्साल

कार्यालय सहयोगी श्री सरिता खड्का

कार्यालय सहयोगी श्री निशान्त पौडेल

 

छलफलका लागि प्रस्तुत भएका प्रस्ताव (ऐजेण्डा) हरु :

प्रस्ताव नं. १ : कार्यालय व्यवस्थापन तथा संचालन र विविध सम्वन्धमा ।

प्रस्ताव नं. २ : सूचना अधिकारी तोक्ने सम्वन्धमा ।

प्रस्ताव नं. ३ : आ.वं. ०८०।०८१ को वार्षिक कार्ययोजना सम्वन्धमा ।

 

निर्णयहरु:

प्रस्ताव नं. १ माथि छलफल गर्दा :

  • वार्षिक कार्ययोजना अनुसार गरेका कामहरुको समिक्षा गरियो र सम्पन्न हुन नसकेका बाँकी कामहरुको तदारुकताका साथ असार मसान्त भित्र सम्पन्न गर्ने गरि निर्णय गरियो ।
  • यस कार्यालयमा रहेका गुनासो पेटिका समय समयमा खोली उजुरी वा गुनासाको व्यवस्थापन गर्ने गरिएकोमा सुशासन ऐन, २०६४ को दफा ३१ बमोजिम उजुरी एवं गुनासो सुनुवाईको व्यवस्थालाई प्रभावकारी बनाउन अब उप्रान्त कार्यालयका सहायक न्यायाधिवक्ता श्री उमा कुमारी के.सी.को संयोजनमा प्राप्त गुनासाको बारेमा कार्यालय प्रमुखलाई जानकारी गराई कानून बमोजिम गुनासो व्यवस्थापनको निकासा लिने निर्णय गरियो।

प्रस्ताव नं. २ उपर छलफल गर्दा यस कार्यालयका सूचना अधिकारी सहायक न्यायाधिवक्ता श्री लक्ष्मी न्यौपाने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको मिति २०८०।०२।०७ को निर्णय अनुसार जिल्ला सरकारी वकील कार्यालय रुकुम पुर्वमा सरुवा भई जानुभएको हुँदा सूचना अधिकारीको रुपमा यस कार्यालयका सहायक न्यायाधिवक्ता श्री उमा कुमारी के.सी. लाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो ।

 

प्रस्ताव नं. ३ उपर छलफल गर्दा आ.व. २०८०।०८१ को वार्षिक कार्ययोजनाका सम्वन्धमा महान्यायाधिवक्ताको च.नं. १८४२ मिति २०८०।०२।१६ को पत्रानुसार तेस्रो पञ्चवर्षिय रणनीतिक योजना (आ.व. ०७८।०७९-२०८२।०८३) ले निर्दिष्ट गरे बमोजिम रणनीतिक योजना कार्यान्वयनका लागि यस कार्यालयको आ.व. २०८०।०८१ को वार्षिक कार्ययोजना  तयार गर्नको लागि ५ (पाँच) सदस्य समिति गठन गरि उक्त समितिद्धारा तयार पारिएको वार्षिक कार्ययोजना यथाशिघ्र सह-न्यायाधिवक्ता समक्ष पेश गर्ने निर्णय गरियो ।

            सदस्यहरु :

            उपन्यायाधिवक्ता      : श्री ऋषिकेशव बश्याल

            सहायक न्यायाधिवक्ता : श्री उमा कुमारी के.सी.

            नायव सुब्बा         : श्री गोपाल पौड्याल

            कम्प्यूटर अपरेटर    : श्री शान्ति गैरे

            नायव सुब्बा         : श्री सरोज जि.सी.


संलग्न जोडिएका विवरणहरु

download
सूचना

महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)


स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....


महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)


२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....


बढुवा सचिवालयको बढुवा सिफारिस सम्वन्धी सूचना (२०८१।११।१२)


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)


समाचार

उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)


उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)


कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)


मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)


कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)


माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)