मातहतका कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया कार्यक्रम सम्वन्धमा ..(२०७९।०३।३१)

samachar

2079-4-1

मिति २०७९।०३।३१ गते शुक्रबार श्री उच्च सरकारी वकील कार्यालय बुटवलका कार्यालय प्रमुख एवं सह-न्यायाधिवक्ता श्रीमान मोहन सागर बश्यालज्यूको अध्यक्षतामा मातहत जिल्ला सरकारी वकील कार्यालय (रुपन्देही, कपिलबस्तु, नवलपरासी (ब.सु.प.), अर्घाखाँची, पाल्पा) का जिल्ला न्यायाधिवक्ता, यस कार्यालयका उपन्यायाधिवक्ता, सहायक न्यायाधिवक्ता लगायत अन्‍य कर्मचारीहरुको उपस्थितिमा वार्षिक कार्यसमिक्षा एवं कार्ययोजनाको साथै मुद्दा सम्वन्धी विविध समस्याका विषयमा बैठक/अन्तरक्रिया सम्पन्न गरी विभिन्न विषयगत प्रस्तावहरु माथि छलफल गरी देहाय बमोजिम गर्ने/गराउने निर्णय गरियो ।

उपस्थिति :

सह-न्यायाधिवक्ता श्री मोहनसागर बश्याल (उ.स.व.का. बुटवल)

उप-न्यायाधिवक्ता श्री कृष्णचन्द पाण्डे (उ.स.व.का. बुटवल)

उप-न्यायाधिवक्ता श्री विष्णु प्रसाद आचार्य (उ.स.व.का. बुटवल)

जिल्ला न्यायाधिवक्ता श्री रत्न प्रकाश गिरी (जि.स.व.का. कपिलबस्तु)

जिल्ला न्यायाधिवक्ता श्री देवेन्द्रराज आचार्य (जि.स.व.का. रुपन्देही)

जिल्ला न्यायाधिवक्ता श्री चन्द्र बहादुर सिंजाली (जि.स.व.का. नवलपरासी (ब.सु.प.)

जिल्ला न्यायाधिवक्ता श्री श्याम सुन्दर चौधरी (जि.स.व.का. अर्घाखाँची)

जिल्ला न्यायाधिवक्ता श्री रवि न्यौपाने (जि.स.व.का. पाल्पा)

सहायक न्यायाधिवक्ता श्री लक्ष्मी न्यौपाने (उ.स.व.का. बुटवल)

सहायक न्यायाधिवक्ता श्री बसन्तराज पोखरेल (उ.स.व.का. बुटवल)

टाईप ना.सु. श्री चन्द्रावती खाती (उ.स.व.का. बुटवल)

नायव सुब्बा श्री काशिराम लोध (उ.स.व.का. बुटवल)

कम्प्युटर अपरेटर श्री बुद्धिराम पराजुली (उ.स.व.का. बुटवल)

कम्प्युटर अपरेटर श्री शान्ती गैरे (उ.स.व.का. बुटवल)

नायब सुब्बा श्री बासुदेव पन्थी (उ.स.व.का. बुटवल)

लेखापाल श्री पुजन ज्ञवाली (उ.स.व.का. बुटवल)

खरिदार श्री यनराज अर्याल (उ.स.व.का. बुटवल)

 

छलफलका लागि प्रस्तुत भएका प्रस्ताव (जेण्डा) हरु :

प्रस्ताव नं. १ : वार्षिक कार्यसमिक्षा एवं कार्ययोजना सम्वन्धमा

प्रस्ताव नं. २ : विविध ।

 

प्रस्ताव नं. १. मा छलफल गर्दा आ.व. ०७८।०७९ मा आ-आफ्ना कार्यालयहरुबाट भएका मुद्दा लगायत वार्षिक कार्ययोजनाको कार्यान्वयनको अवस्थाको बारेमा समिक्षा गरिनुका साथै    महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (आ.व. ०७८।०७९-२०८२।८३) ले निर्दिष्ट गरे बमोजिम रणनितिक कार्ययोजनाको लागि .. २०७९/०८० को लागि मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुबाट तयार भइ उच्च सरकारी वकील कार्यालय, बुटवलबाट स्वीकृत भएको वार्षिक कार्ययोजनाको क्रियाकलापहरु समयावधीमै सम्पन्न गरि रणनीतिक योजना कार्यान्वयका क्रियाकलापहरुको सूची सहितको प्रतिवेदन नियमित रुपमा उच्च सरकारी वकील कार्यालय बुटवलमा पठाउने र प्राप्त प्रतिवेदनहरुको आधारमा आवश्यकता अनुरुप सामूहिक रुपमा समिक्षा वैठक गर्दै जाने निर्णय गरियो ।

प्रस्ताव नं. २ मा छलफल गर्दा माथी उल्लेखित विषयहरुको बारेमा जिल्ला न्यायाधिवक्ताले कार्यरत सबै सरकारी वकील लगायत कर्मचारीहरुलाई जानकारी गराई सोही अनुरुप अक्षरसः कार्यान्वयन हुनेगरी कार्य गर्ने/गराउने,

विभिन्न प्रयोजनका लागि मातहत कार्यालयहरुबाट उच्च सरकारी वकील कार्यालयमा मिसिल पठाउँदा देखिएका एवं पुनरावृती भइरहेका कमि कमजोरीहरुलाई न्यूनीकरण गर्न सबै सरकारी वकीलहरुले विशेष ध्यान दिने,

महान्यायाधिवक्ताको कार्यालय तथा उच्च सरकारी वकील कार्यालयबाट प्राप्त परिपत्रहरुको अभिलेखिकरणलाई चुस्त दुरुस्त बनाई अनिवार्य रुपमा कार्यान्वयन गर्ने/गराउने ।

आ-आफ्नो कार्यालयको मुद्दा सम्वन्धि विवरणहरुलाई नियमित रुपमा CMS Entry गर्ने साथै आफ्नो कार्यालयको गतिविधिलाई Website update गर्ने/गराउने ।

आ-आफ्नो कार्यालयमा कार्यरत सबै सरकारी वकील लगायत कर्मचारीहरुले महान्यायाधिवक्ताको कार्यालयले तयार पारेको OAG Mobile App को प्रयोग गर्ने/गराउने ।

सबै जिल्ला सरकारी वकील कार्यालयहरुले ई-हाजिरीलाई चुस्त दुरुस्त राखि अनिवार्य पालनाको व्यवस्था मिलाउने,

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

बढुवा समितिको सचिवालयको सूचना (२०८०।११।०९)


निर्णय कार्यान्वयन सम्वन्धमा (नेपाल सम्वत)


नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०


प्रदेश सरकार तथा स्थानीय तहको लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयको २०८०।०५।०४ को परिपत्र


महान्यायाधिवक्ताको कार्यालयबाट सबै उच्च सरकारी वकील कार्यालयहरुको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८०।०८१)


रुपन्देही जिल्ला स्थित रहेका कार्यालयहरुको नाम, सम्पर्क व्यक्ति, टेलीफोन नं. (संघ/प्रदेश) सहित (आव ०८०।०८१)


निजामती सेवा नियमावली, २०५० एकिकृत बाह्रौ संशोधन २०७२ सहित


निजामती सेवा ऐन, २०४९ (संसोधन २०७२ समेत)


निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५


मिति २०८० असार २५ गतेको नेपाल राजपत्रमा प्रकाशित अधिकार प्रत्यायोजन सम्बन्धी महान्यायाधिवक्ताको कार्यालयको सूचना :-


समाचार

(समुदायमा सरकारी वकील कार्यक्रम भाग-२)- सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०९।०६ श्री नविन औद्योगिक कदर बहादुर रीता मा.वी.)


सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०६।०५ सिटी क्याम्पस बुटवल)


२०८० श्रावण महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०८०।०४।२६ गते शुक्रबार)


मातहत कार्यालयका जिल्ला न्यायाधिवक्ताहरुसँग भएको बैठक/अन्तरक्रिया कार्यक्रम सम्वन्धमा ..(२०८०।०३।०५)


२०८० जेष्ठ महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०८०।०२।३० गते मंगलबार)


योजना कार्यान्वयन समिति गठन सम्वन्धमा (नयाँ ) - २०८०।०२।३०


सरकारी वकील र समुदाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न (२०७९।१०।१३)


२०७९ पौष महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०७९।०९।२९ गते शुक्रबार)


मातहतका कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया कार्यक्रम सम्वन्धमा ..(२०७९।०३।३१)


कार्यालयको कार्यसम्पादन प्रतिवेदन फारमको रिपोर्ट सम्मवन्धमा .... (२०७९।०२।२९)