कार्यालयको कार्यसम्पादन प्रतिवेदन फारमको रिपोर्ट सम्मवन्धमा .... (२०७९।०२।२९)

samachar

2079-3-10

उच्च सरकारी वकील कार्यालय बुटवलद्धारा आयोजित "सरोकारवाला निकायहरुसँगको अन्तरसम्बाद कार्यक्रम" मा महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चबर्षीय रणनीतिक योजना (२०७८/०७९–२०८२/०८३) अन्तरगत सरकारी वकील कार्यालयको कार्यसम्पादनका सम्बन्धमा उपस्थित करिव ४३ जना सहभागिहरुलाई उच्च सरकारी वकील कार्यालय बुटवलले सरोकारवालासँगको अन्तरक्रियाको क्रममा जम्मा ८ वटा प्रश्नावली राखि तयार पारिएको कार्यालयको कार्यसम्पादन प्रतिवेदन फारम (सरोकारवालाले सन्तुष्टि वा असन्तुष्टि जनाउने) फाराम भर्न दिएकोमा निजहरुले भरेको फारम देहाय बमोजिम रहेको छ ।

तपाईं सरकारी वकील कार्यालयमा सेवा लिन आउँदा कसको सहयोग लिनु भएको थियो ? भन्ने जिज्ञासामा (६०.४६%) ले आफैं, (२०.९३%) ले गाउँका ठूलाबडाको, (०%) ले दलाल/मध्यस्थकर्ताको र (४.६५%) ले राजनैतिक व्यक्तिको सहयोग लिईएको भन्ने पाईयो ।  

त्यस्तै सरकारी वकील कार्यालयले सम्पादन गर्ने कामको सूचना कुन माध्यमबाट प्राप्त गर्नु भएको थियो ?  भन्ने जिज्ञासामा (५५.८१%) ले बेवसाईट, (१८.६०%) ले हेलपडेस्कको, (२.३२%) ले दलाल/मध्यस्थकर्ताको र (२३.२५%) ले अन्य सेवाग्राहीको सहयोग लिईएको भन्ने मत जाहेर गरेको पाईयो।  

त्यस्‍तै तपाईले सरकारी वकील कार्यालयमा सेवा लिन आउँदा कुनै दस्तुर एवं अतिरिक्त रकम (घुस) तिर्नु भएको थियो वा थिएन ? भन्ने जिज्ञासामा (३४.८८%) ले दस्तुरमात्र तिरेको, (60.46%) ले तिरेको छैन, (०%) ले एकदमै कम तिरेको र% ले धेरै तिरेको भन्ने मत जाहेर गरेको पाईयो ।  

त्यस्तै तपाईंले सरकारी वकीलसँग राखेको गुनासो समयमानै सुनुवाई भएको थियो वा थिएन ? भन्ने जिज्ञासामा (53.48%) ले समयमानै सुनुवाई भयो भन्नेमा, (23.25%) ले प्रक्रिया पुर्‍याउन कठिन भएको भन्नेमा, (6.97 %) ले गुनासो सुन्नै चाहेनन भन्नेमा एवं (2.32%) ले पछि सम्पर्क गर्न भनेको भन्नेमा आफ्नो मत जाहेर गरेको पाईयो ।

त्यस्तै तपाईंलाई सार्वजनिक सेवा वडा पत्र, अपराध पीडित र शंकितका अधिकारहरु, स्वच्छ सुनुवाईका आधारभूत मान्यताहरुको बारेमा जानकारी थियो वा थिएन ? भन्ने जिज्ञासामा (25.58%) ले,  जानकारी थियो भन्नेमा, (39.53%) ले कम मात्र जानकारी थियो भन्नेमा, (18.60%) ले सुनेको मात्र थिए भन्नेमा र (11.62%) ले जानकारी नै थिएन भन्नेमा आफ्नो मत जाहेर गरेको पाईयो ।

त्यस्तै तपाइँले सरकारी वकील कार्यालयबाट प्रदान गरिएको सेवा (समग्रमा कर्मचारीको व्यवहार, समय पालना, कार्यचुस्तता, फरक क्षमता भएका व्यक्तिलाई सेवा गर्ने तरिका) बाट कतिको सन्तुष्टि हुनुभएको थियो ?  भन्ने जिज्ञासामा (30.23%) ले अति सन्तुष्टमा, (32.55%) ले सन्तुष्टमा, (23.25%) ले ठिकैमा, र (9.30%) ले असन्तुष्टमा आफ्नो मत जाहेर गरेको पाईयो ।

त्यस्तै तपाई कार्यालयको सोधपुछ कक्ष, प्रतिक्षा कक्ष, खानेपानी, शौचालय एवं कार्यालय व्यवस्थापनबाट कत्तिको सन्तुष्ट हुनुभएको थियो ? भन्ने जिज्ञासामा (6.97%) ले अति सन्तुष्टमा, (32.55%) ले सन्तुष्टमा, (46.51%) ले ठिकैमा र (6.97%) ले असन्तुष्टमा आफ्नो मत जाहेर गरेको पाईयो ।

त्यस्तै सरकारी वकील कार्यालयको सेवा प्रवाहमा सुधार गर्नुपर्ने कुनै कुरा भए सुझाव दिनुहोस भन्ने जिज्ञासामा ९४% ले सकारात्मक पृष्ठपोषण प्रदान गरेको र % ले नकारात्मक पृष्ठपोषण प्रदान गरेको पाईयो ।

अत : निजहरुले भरेको फाराम अनुसार Whole total मा ९३% ले यस कार्यालयबाट प्रदान भएको सेवामा सन्तुष्ट/सकारात्मक रहेको र % ले असन्तुष्ट/नकारात्मक धारणा राखेको देखियो ।

      साथै यस कार्यलाई २०७९ असार १ गतेबाट कार्यालयमा सेवा लिन आएका सेवाग्राहीलाई प्रत्यक्ष यो फाराम भर्न लगाई उहाँहरुबाट आएका सकारात्मक सुझावहरुलाई कार्यान्वयनमा लगिने छ ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, (राजपत्र २०८० चैत्र ३०)


बढुवा समितिको सचिवालयको सूचना (२०८०।११।०९)


निर्णय कार्यान्वयन सम्वन्धमा (नेपाल सम्वत)


नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०


प्रदेश सरकार तथा स्थानीय तहको लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयको २०८०।०५।०४ को परिपत्र


महान्यायाधिवक्ताको कार्यालयबाट सबै उच्च सरकारी वकील कार्यालयहरुको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८०।०८१)


रुपन्देही जिल्ला स्थित रहेका कार्यालयहरुको नाम, सम्पर्क व्यक्ति, टेलीफोन नं. (संघ/प्रदेश) सहित (आव ०८०।०८१)


निजामती सेवा नियमावली, २०५० एकिकृत बाह्रौ संशोधन २०७२ सहित


निजामती सेवा ऐन, २०४९ (संसोधन २०७२ समेत)


निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५


समाचार

(समुदायमा सरकारी वकील कार्यक्रम भाग-२)- सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०९।०६ श्री नविन औद्योगिक कदर बहादुर रीता मा.वी.)


सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०६।०५ सिटी क्याम्पस बुटवल)


२०८० श्रावण महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०८०।०४।२६ गते शुक्रबार)


मातहत कार्यालयका जिल्ला न्यायाधिवक्ताहरुसँग भएको बैठक/अन्तरक्रिया कार्यक्रम सम्वन्धमा ..(२०८०।०३।०५)


२०८० जेष्ठ महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०८०।०२।३० गते मंगलबार)


योजना कार्यान्वयन समिति गठन सम्वन्धमा (नयाँ ) - २०८०।०२।३०


सरकारी वकील र समुदाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न (२०७९।१०।१३)


२०७९ पौष महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०७९।०९।२९ गते शुक्रबार)


मातहतका कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया कार्यक्रम सम्वन्धमा ..(२०७९।०३।३१)


कार्यालयको कार्यसम्पादन प्रतिवेदन फारमको रिपोर्ट सम्मवन्धमा .... (२०७९।०२।२९)