२०७८ पौष महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०७८।०९।३०)

samachar

2078-10-4

आज मिति २०७८।०९।३० गते शुक्रबार श्री उच्च सरकारी वकील कार्यालय बुटवलका कार्यालय प्रमुख एवं सह-न्यायाधिवक्ता श्रीमान मोहन सागर बश्यालज्यूको अध्यक्षतामा देहायका कर्मचारीहरुको उपस्थितिमा नियमित बैठक सम्पन्न गरी विभिन्न विषयगत प्रस्तावहरु माथि छलफल गरी देहाय बमोजिमको निर्णय गरियो ।

उपस्थिति :

सह-न्यायाधिवक्ता श्री मोहनसागर बश्याल

उप-न्यायाधिवक्ता श्री कृष्णचन्द पाण्डे

सहायक न्यायाधिवक्ता श्री मिना थापा

सहायक न्यायाधिवक्ता श्री लक्ष्मी न्यौपने

टाइपिस्ट नायब सुब्बा श्री चन्द्रावती खाती

कम्प्युटर अपरेटर श्री बुद्धिराम पराजुली

कम्प्युटर अपरेटर श्री शान्ति गैरे

नायब सुब्बा श्री सुष्मा गुरुङ्ग

नायब सुब्बा श्री सुशिला ज्ञवाली

लेखापाल श्री पुजन ज्ञवाली

नायब सुब्बा श्री शोभाकर राना

खरिदार श्री यनराज अर्याल

हलुका सवारी चालक श्री जगत बहादुर सापकोटा

कार्यालय सहयोगी श्री हरिलाल पौडेल

कार्यालय सहयोगी श्री पुष्पा सारु

कार्यालय सहयोगी श्री भुपेन्द्र लम्साल

कार्यालय सहयोगी श्री सरिता खड्का

कार्यालय सहयोगी श्री निशान्त पौडेल

 

छलफलका लागि प्रस्तुत भएका प्रस्ताव (ऐजेण्डा) हरु :

प्रस्ताव नं. १ एकिकृत कार्यसञ्चालन कार्यविधि, २०७८ को कार्यान्वयन सम्वन्धमा ।

प्रस्ताव नं. २ विविध सम्वन्धमा ।

 

 प्रस्ताव नं. १. मा छलफल गर्दा कार्यालयका सबै किसिमका मुद्दा एवं अन्य काम कारवाहीका सम्वन्धमा तथा मुद्दा व्यवस्थापनलाई अझ वढी चुस्त, दुरुस्त, प्रभावकारी र व्यवस्थित बनाउने र कार्यालयको वार्षिक कार्ययोजना एवं एकिकृत कार्यसञ्चालन कार्यविधि, २०७८ को कार्यान्वयनलाई पुर्णता दिने निर्णय गरियो ।

उच्च सरकारी वकील कार्यालय, बुटवलमा पूर्ववत रुपमा शाखा र जिम्मेवारीमा रहने कर्मचारी तोकि कार्यविवरण प्रदान गरिएकोमा तपशिलको बमोजिमको उल्लेखित शाखा प्रमुखको रुपमा देहाय बमोजिम रहि काम काज गर्ने निर्णय गरियो ।

१. मुद्दा तथा रिट शाखा :– सहायक न्यायाधिवक्ता श्री लक्ष्मी न्यौपाने

२. बहश पैरवी व्यवस्थापन शाखा :– ना.सु. श्री सुष्मा गुरुङ्ग

३. प्रशासन, योजना तथा कानूनी राय शाखा :–ना.सु. श्री सुशिला ज्ञवाली 

४. कसूर पीडित तथा साक्षी संरक्षण र हिरासत अनुगमन शाखा :–ना.सु. श्री शोभाकर राना

५. साईवर सुरक्षा र सूचना, सञ्चार प्रविधि शाखा (Cyber Security and ICT Section) :– क.अ. श्री बुद्धिराम पराजुली

६. पुस्तकालय शाखा :–खरिदार श्री यनराज अर्याल

७. आर्थिक प्रशासन फाँट :–लेखापाल श्री पुजन ज्ञवाली

८. दर्ता चलानी सोधपुछ फाँट :–ना.सु. श्री सुशिला ज्ञवाली

प्रस्ताव नं. २ मा छलफल गर्दा कार्यालयमा आफ्नो जिम्मेवारीमा रहि गत महिना भरिमा भए गरेका काम कारवाहीहरुको समिक्षा गरियो ।

कार्यालयको काम सँग सँगै मातहत जिल्ला सरकारी वकील कार्यालयको काम कारवाही बीच समन्वय गर्न र प्रभावकारी बनाउन मातहत कार्यालयका सरकारी वकील तथा अन्य कर्मचारी सबैको सहभागिता हुने गरि समय समयमा अन्तक्रिया एवं छलफल गर्न आवश्यक देखिदा कम्तिमा त्रैमासिक रुपमा उच्च सरकारी वकील कार्यालय बुटवलको आयोजनामा विद्युतीय माध्यमद्बारा Zoom Meeting गर्ने निर्णय गरियो ।  


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)


स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....


महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)


२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....


बढुवा सचिवालयको बढुवा सिफारिस सम्वन्धी सूचना (२०८१।११।१२)


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)


अधिकार प्रत्यायोजन सम्बन्धमा (२०८१।०६।०८)


समाचार

समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)


उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)


कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)


मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)


कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)


माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)


मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुको स्वीकृत वार्षिक कार्ययोजना (२०८१।०८२)