बैठक (Staff Meeting) सम्वन्धमा (२०७८।०४।२९)

samachar

2078-4-32

कार्यालयको काम कारवाहीलाई अझ बढी चुस्त, दुरुस्त र प्रभावकारी गराउने उच्च आकांक्षाका साथ आ.व. ०७८।०७९ को शुरुवात सँगसँगै यहि श्रावण २९ गते शुक्रबार दिउसो १.३० बजे यस कार्यालयका कार्यालय प्रमुख सह-न्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूको अध्यक्षतामा सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा बैठक (Staff Meeting) बसी कार्यालय सञ्चालन र व्यवस्थापन तथा मासिक कार्य समिक्षा लगायत विविध विषयमा छलफल गरी देहाय बमोजिमको निर्णय गरिएको छ ।

  • कार्यालयमा कार्यरत प्रत्येक कर्मचारीहरुले यस महिनामा सम्पादन भए गरेका काम तथा आफ्ना भूमिकाको प्रस्तुतिकरण गरी सामूहिक रुपमा जानकारी गराई समिक्षा गरियो ।
  • कार्यालयको काम कारवाहीलाई अझ बढी चुस्त, दुरुस्त र प्रभावकारी गराउनुका साथै कार्यरत कर्मचारीहरुको छुट्टै विशिष्ट पहिचान दिने उद्देश्यले महान्यायधिवक्ताको कार्यालयको तेस्रो पञ्चचवर्षीय रणनीति योजनाको नारा र सम्बन्धित लोगो अंकित भएका ३५ वटा टिसर्ट तयार गर्न लगाई हरेक शुक्रबारको साथै कार्यालयद्बारा सञ्चालित अन्य कार्यक्रममा सबै कर्मचारीहरुले पहिरन गर्ने निर्णय गरियो साथै मुद्दाको प्रकृतिका आधारमा छुट्टा छुट्टै रङ्गका रेकर्ड फाईलहरु समेत छपाई प्रयोग गर्ने ।
  • महान्यायाधिवक्ता कार्यालयको तेस्रो पञ्चवर्षिय रणनीति योजनाले प्रक्षेपण गरेका रणनीति तथा क्रियाकलापहरुको प्रभावकारी कार्यान्वयनका लागि महान्यायाधिवक्ताको कार्यालयबाट स्वीकृत भई आएको कार्ययोजनालाई समयमै प्रभावकारी रुपमा कार्यावन्यन गर्ने र उल्लेखित कार्ययोजनाको प्रति यहाँ कार्यरत सबै सरकारी वकील तथा जिम्मेवार र सहयोगी शाखा समेतलाई उपलब्ध गराउने निर्णय गरियो साथै निर्माणाधिन भवनलाई सबै कर्मचारीहरुले आलोपालो गरी स्थलगत निरीक्षण गरी निर्माण कार्यलाई थप प्रभावकारी बनाउने ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

स्वीकृत वार्षिक कार्ययोजना ०८३।०८४.. (मातहतका सबै जिल्ला सरकारी वकील कार्यालयहरुको लागी)


महान्यायाधिवक्ताको कार्यालयको चौथो पञ्चवर्षीय रणनीतिक योजना (आर्थिक वर्ष २०८३/८४–२०८७/८८)


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारीको विवरण


कार्यालय समय परिवर्तन सम्वन्धमा (२०८२ चैत्र २३ गते देखी)


सम्पत्ति तथा मालसामानको लिलाम बढाबढको सूचना : (प्रकाशन मिति: २०८२।१०।११)


लुटपाट भएका सामाग्रीहरु भेटेमा बुझाईदिने सम्बन्धमा .... (२०८२।०५।३०)


महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)


समाचार

मातहत कार्यालयहरुसँगको आ.व. २०८२।०८३ को वार्षिक समिक्षा कार्यक्रम सम्वन्धमा ......... (२०८३।०३।२९)


समुदायमा सरकारी वकील कार्यक्रम सम्वन्धमा (२०८३।०२।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।१२।०४)


उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)


उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)


कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)