Staff Meeting सम्बन्धमा ...

samachar

2077-4-12

सरकारी वकील कार्यालयहरुबाट सम्पादन हुने हरेक कार्यहरुलाई चुस्त, दुरुस्त र थप प्रतिफलयुक्त बनाउने आकांक्षाका साथ आ..२०७७।७८ को शुरुवात संगसंगै यहि श्रावण ९ गते शुक्रबार बेलुका ५ बजे माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यू र वरिष्टतम् नायब महान्यायाधिवक्ता श्री पद्म प्रसाद पाण्डेयज्यूबाट Zoom Application मार्फत Virtual सम्बोधन भएको थियो । उल्लेखित सम्बोधनका क्रममा गत वर्षमा भएका कार्यहरुको समिक्षाको साथै आ.. ०७७।०७८ का कार्यक्रम र दोश्रो पञ्चवर्षिय रणनीतिक योजनाको कार्यान्वयनका विविध पक्षमा प्रकाश पारिएको सन्दर्भमा यस कार्यालयका कार्यालय प्रमुख का.मु. सह-न्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूले मिति २०७७।०४।११ गते विहान १०.१५ बजे आफ्नै कार्यकक्षमा Staff Meeting राखि जानकारी गराउनु भएको थियो ।

उक्त Staff Meeting मा सम्बोधनका क्रममा उठेका प्रमुख विषय, निति तथा कार्यक्रम र तिनको प्रभावकारी कार्यान्वयन एवं प्राप्त निर्देशन, यस कार्यालयका सरकारी वकील तथा अन्य कर्मचारीहरुको भूमिका उपर छलफल भएको थियो । मूलत: प्रत्येक महिनाको पहिलो साता उच्च सरकारी वकील कार्यालयका प्रमुखहरुसँग महान्यायाधिवक्ता कार्यालयले अन्तर्क्रिया गर्ने, आ.व. ०७७।०७८ लाई अभियोजन सुधारका वर्ष घोषणा गर्ने, समन्वय समन्यत्रहरुलाई थप क्रियाशिल बनाउने, पुनरावेनद र मुद्दा दोहोर्‍याउने निवेदनलाई सुधार गरि स्तरीय बनाउने, प्राप्त र स्रोत र साधनको यथोचित प्रयोगमा विशेष ध्यान दिने, मिसिल ब्यवस्थापन, पेशी व्यवस्थापन, बहस पैरवी प्रतिरक्षा जस्ता कुरामा थप व्यवसायीक भएर कार्य सम्पादन गर्ने र चुस्त दुरुस्त रुपमा अभिलेखिकरण गर्ने/गराउने एवं सरकारी वकील तथा सरकारी वकीलको कार्यालयमा कार्यरत कर्मचारीहरुको आचारसंहिता, २०७५ को पालना गरि कार्यालयको काम कारवाहीलाई अझ बढी चुस्त दुरुस्त राख्ने कुरामा सबै कर्मचारीहरुको तर्फबाट सक्रियतापूर्वक उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाईएको थियो । सोही बैठकमा यस कार्यालयबाट मातहत सरकारी वकील कार्यालयहरुमा जारी गर्न भनि तयार गरिएको परिपत्रको मस्यौदा बारे समेत छलफल भएको थियो ।  

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....


महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)


२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....


बढुवा सचिवालयको बढुवा सिफारिस सम्वन्धी सूचना (२०८१।११।१२)


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)


अधिकार प्रत्यायोजन सम्बन्धमा (२०८१।०६।०८)


फौजदारी कसूर (कैद कट्टा) (तेस्रो संसोधन) नियमावली-२०८१


सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, (राजपत्र २०८० चैत्र ३०)


समाचार

समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)


उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)


कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)


मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)


कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)


माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)


मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुको स्वीकृत वार्षिक कार्ययोजना (२०८१।०८२)