2082-1-24
मिति २०८२/०१/२४ गते वुधवारका दिन उच्च सरकारी वकील कार्यालय विराटनगरको कार्यालय प्रमुखको कार्याक्रममा राजश्व न्यायाधिकरणका मुद्दामा वहस पैरवी तथा प्रतिरक्षा गर्ने विषयमा बर्तमान अवस्था, सुधार गर्नुपर्ने विषय र अग्रसरता लगायतका पक्षहरुको गहिरो छलफल गरियो । उक्त वैठक उच्च सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता श्री अच्यूतमणि नेउपानेको संयोजकत्वमा भएको र सो वैठकमा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत श्री उमेश श्रेष्ठ र आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत श्री भुपालराज शाक्य, राजश्व अनुसन्धान कार्यालय इटहरी वा प्रमुख अनुसन्धान अधिकृत श्री उत्तम कुमार घिमिरे, राजश्व न्यायाधिकरण श्रेष्तेदार श्री थामेन्द्र प्रसाद रोइला, तत् कार्यालयहरुका फोकल पर्सनहरु र उच्च सरकारी वकील कार्यालयका सवै सरकारी वकीलहरुको उपस्थिति रहेको थियो । विहान ११:०० वजेदेखि दिउँसो १२:०० वजेसम्म भएको छलफलमा मिसिल व्यवस्थापन, वहस पैरवी तथा प्रतिरक्षामा सम्वन्य, सम्बन्धीत कार्यालयहरुमा focal person को व्यवस्था समेतका विविध पक्षमा छलफल सम्पन्न भएको थियो।यस वैठकबाट आगामी दिनहरुमा दैनिक कार्यसंचालनमा सहजीकरण हुने अपेक्षा वैठकमा सहभागीहरुले राखेका थिए ।
समुदायमा सरकारी वकिल कार्याक्रम २०८२/०२/३ गते
भूमिसुधार तथा मालपाेत कार्यालय विराटनगर र उच्च सरकारी वकील कार्यालयकाे संयुक्त अन्तरक्रिया कार्यक्रम
कर, भन्सार तथा राजश्व बीच छलफल - २०८२/०१/२४
अपराध अनुसन्धान, अभियोजन, बहस पैरवी तथा प्रतिरक्षाको प्रभावकारिता ।
समुदायमा सरकारी वकील कार्यक्रम-२०८१
सह-न्यायाधिवक्ता श्री अच्यूतमणि नेउपाने ज्युबाट भएको कार्यालयको वैठक मिति २०८१/०९/०७
कानूनी सहायता समितिको वैठक
माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण (२०८१/०५/२४ गते)
समुदायमा सरकारी वकील कार्यक्रम
यौन हिंसा अध्यादेश, २०७८