2080-3-6
मिति २०८०।०३।०५ गते मंगलबारको दिन उच्च सरकारी वकील कार्यालय बुटवलमा यस कार्यालयका कार्यालय प्रमुख सह-न्यायाधिवक्ता श्रीमान गोविन्दराज गौलीज्यूको अध्यक्षतामा मातहत जिल्ला सरकारी वकील कार्यालय (रुपन्देही, कपिलबस्तु, नवलपरासी (ब.सु.प.), अर्घाखाँची, पाल्पा, गुल्मी) का जिल्ला न्यायाधिवक्ता, यस कार्यालयका उपन्यायाधिवक्ता, सहायक न्यायाधिवक्ता लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा वार्षिक कार्यसमिक्षा एवं कार्ययोजनाको साथै मुद्दा सम्वन्धी विविध समस्याका विषयमा बैठक/अन्तरक्रिया सम्पन्न गरी विभिन्न विषयगत प्रस्तावहरु माथि छलफल गरी देहाय बमोजिम गर्ने/गराउने निर्णय गरियो ।
उपस्थिति :
सह-न्यायाधिवक्ता श्री गोविन्दराज गौली (उ.स.व.का. बुटवल)
उप-न्यायाधिवक्ता श्री ऋषि केशव बश्याल (उ.स.व.का. बुटवल)
उप-न्यायाधिवक्ता श्री रवि न्यौपाने (उ.स.व.का. बुटवल)
जिल्ला न्यायाधिवक्ता श्री कृष्णचन्द पाण्डे (जि.स.व.का. नवलपरासी (ब.सु.प.)
जिल्ला न्यायाधिवक्ता श्री खिमानन्द गौतम (जि.स.व.का. गुल्मी)
जिल्ला न्यायाधिवक्ता श्री प्रकाश मरासिनी (जि.स.व.का. कपिलबस्तु)
जिल्ला न्यायाधिवक्ता श्री डा. सुर्य प्रसाद पौडेल (जि.स.व.का. पाल्पा)
जिल्ला न्यायाधिवक्ता श्री मुक्तिराम सुवेदी (जि.स.व.का. रुपन्देही)
जिल्ला न्यायाधिवक्ता श्री विष्णु प्रसाद आचार्य (जि.स.व.का. अर्घाखाँची)
उप-न्यायाधिवक्ता श्री हरिहर पौडेल (मु.न्या.व.का.लुम्विनी प्रदेश)
सहायक न्यायाधिवक्ता श्री उमा कुमारी के.सी. (उ.स.व.का. बुटवल)
नायब सुब्बा श्री गोपाल पौड्याल (उ.स.व.का. बुटवल)
कम्प्यूटर अपरेटर श्री बुद्धिराम पराजुली (उ.स.व.का. बुटवल)
कम्प्युटर अपरेटर श्री शान्ति गैरे (उ.स.व.का. बुटवल)
लेखापाल श्री पुजन ज्ञवाली (उ.स.व.का. बुटवल)
नायब सुब्बा श्री देविराम बन्जाडे (उ.स.व.का. बुटवल)
ना.सु. श्री सरोज जि.सी. (उ.स.व.का. बुटवल)
छलफलका लागि प्रस्तुत भएका प्रस्ताव (एजेण्डा) हरु :–
प्रस्ताव नं. १ : वार्षिक कार्यसमिक्षा एवं कार्ययोजना सम्वन्धमा
प्रस्ताव नं. २ : विविध ।
प्रस्ताव नं. १. मा छलफल गर्दा आ.व. ०७९।०८० मा आ-आफ्ना कार्यालयहरुबाट भएका मुद्दा लगायत वार्षिक कार्ययोजनाको कार्यान्वयनको अवस्थाको बारेमा समिक्षा गरिनुका साथै महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (आ.व. ०७८।०७९-२०८२।८३) ले निर्दिष्ट गरे बमोजिम रणनितिक कार्ययोजनाको लागि आ.व. ०८०/०८१ को लागि मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुबाट तयार भइ उच्च सरकारी वकील कार्यालय, बुटवलबाट स्वीकृत भएको वार्षिक कार्ययोजनाको क्रियाकलापहरु समयावधीमै सम्पन्न गरी रणनीतिक योजना कार्यान्वयका क्रियाकलापहरुको सूची सहितको प्रतिवेदन नियमित रुपमा उच्च सरकारी वकील कार्यालय बुटवलमा पठाउने र प्राप्त प्रतिवेदनहरुको आधारमा आवश्यकता अनुरुप सामूहिक रुपमा समिक्षा वैठक गर्दै जाने निर्णय गरियो ।

प्रस्ताव नं. २ मा छलफल गर्दा ;
महान्यायाधिवक्ताको कार्यालयको चौथो पञ्चवर्षीय रणनीतिक योजना (आर्थिक वर्ष २०८३/८४–२०८७/८८)
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारीको विवरण
कार्यालय समय परिवर्तन सम्वन्धमा (२०८२ चैत्र २३ गते देखी)
सम्पत्ति तथा मालसामानको लिलाम बढाबढको सूचना : (प्रकाशन मिति: २०८२।१०।११)
लुटपाट भएका सामाग्रीहरु भेटेमा बुझाईदिने सम्बन्धमा .... (२०८२।०५।३०)
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)
स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'
मातहत कार्यालयहरुसँगको आ.व. २०८२।०८३ को वार्षिक समिक्षा कार्यक्रम सम्वन्धमा ......... (२०८३।०३।२९)
समुदायमा सरकारी वकील कार्यक्रम सम्वन्धमा (२०८३।०२।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।१२।०४)
उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)
उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)
कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)