समुदायमा सरकारी वकील कार्यक्रम श्रृखला-1 मिति २०७९/८/१६

samachar

2079-10-24

महान्यायाधिवक्ता कार्यालयको पञ्च वर्षीय रणनीतिक योजना अन्तर्गत जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (ब.सु.प)ले तयार गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्ययोजना बमोजिम समुदायमा सरकारी वकील कार्यक्रम श्रृंखला-१ यही मिति २०७९/०८/१६ गते नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका अन्तगर्त त्रिभुवन क्याम्पस बेलाटारी को भवनमा जिल्ला न्यायाधिवक्ता कृष्ण चन्द पाण्डेको अध्यक्षतामा सम्पन्न भयो।प्रमुख अतिथीको रूपमा प्रतापपुर गाउँपालिकाका अध्यक्ष श्री उमेश चन्द यादव र विशिष्ट अतिथीका रूपमा प्रतापपुर गाउँपालिकाका उपाध्यक्ष /न्यायीक समितिका संयोजक श्री मान कुमारी चौधरी,सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री चिरन्जीवी घिमिरे,ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक नवराज के.सी. र प्रतापपुर गाउँपालिकाका मेलमिलाप कर्ता रमेश धोवी समेतका व्यक्तित्वहरूको सहभागीता रहेको थियो।सो कार्यक्रममा उपस्थित हुनु भएका अतिथी महानुभावहरूलाई कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (ब.सु.प) का सहायक जिल्ला न्यायाधिवक्ता श्री सुनिल लामिछानेले गर्नु भएको थियो। कार्यक्रमको उपादायता सम्बन्धमा कार्यालयका जिल्ला न्यायाधिवक्ताबाट संवोधन हुने स्थानीय तहमा न्यायिक कारवाही र कानूनको विषयमा केही जान्नै पर्ने विषयक कार्यपत्र प्रस्तुत भई अन्तरक्रियामा विभिन्न सहभागीहरूंबाट उठेको जिज्ञासालाई कार्यक्रमलाई अध्यक्षको तर्फबाट सम्बोधन सहित धन्यवाद ज्ञापन गरि कार्यक्रम समापन गरिएको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments