समन्वय समितिको वैठक (मिति २०७९।०३।२०)

samachar

2079-3-21

महान्यायाधिवक्ताको कार्यालयको तेश्रो पञ्च वर्षीय रणनीतिक योजना (२०७८–०८३) ले निर्धारण गरेका क्रियाकलापको अधिनमा रहेर आर्थिक वर्ष २०७८/०७९ को लागि यस जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (व.सु.प.) ले तयार गरेको वार्षिक कार्ययोजनानुरुप अन्तिम पटकको क्रियाकलापलाई कार्यान्वयन गर्ने क्रममा आज मिति २०७९ असार २० गते सोमवारका दिन कार्यालयका जिल्ला न्यायाधिवक्ता  श्री चन्द्रबहादुर सिंजालीको अध्यक्षतामा यस कार्यालयमा रहेको जिल्ला समन्वय समितिको वैठक सम्पन्न भयो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री श्रवणकुमार पोखरेल , प्रहरी उपरीक्षक  श्री ऋषिराम कंडेल, नवलपरासी जिल्ला अदालतका श्रेस्तेदार  श्री प्रेमप्रसाद पौडेल, पृथ्वी चन्द्र अस्पतालका प्रमुख  डा. मोहम्मद नुरुल होदा, बारका अध्यक्ष श्री चुराबहादुर थापा र डिविजन वनका सहायक वन अधिकृत महेन्द्रराज वाग्ले‚ नापी कार्यालयका प्रमुख श्री अजित कुँवर र कारागार कार्यालयका प्रमुख जगत बहादुर वस्नेत समेतको उपस्थित रहेको उक्त कार्यक्रममा सहायक जिल्ला न्यायाधिवक्ता श्री रमेश पोख्रेलले स्वागत मन्तव्य तथा कार्यक्रम संचालन गर्नु भएको थियो । कार्य व्यवस्थता बिच कार्यक्रममा उपस्थित  भई विभिन्न ४ वटा महत्व पूर्ण वुदाहरुमा छलफल गरि निर्णय समेत गरिएकोले सवैमा कार्यालय प्रमुख तथा समितिको अध्यक्षताको हैसियतले जिल्ला न्यायाधिवक्ताबाटः धन्यवाद ज्ञापन समेत गरियो । (मिति २०७९।०३।२०) 


संलग्न जोडिएका विवरणहरु

No Attachments