समुदायमा सरकारी वकील कार्यक्रम – श्रृंखला ३…" (२०७८/१२/१२)

samachar

2078-12-13

महान्यायाधिवक्ता कार्यालयको पञ्च वर्षीय रणनीतिक योजना अन्तर्गत यस कार्यालयको आ.व.०७८/७९ को बार्षिक कार्ययोजनानूरुप "समुदायमा सरकारी वकील कार्यक्रम" र नवलपरासी जिल्ला अदातलको "न्यायिक अन्तरसंवाद कार्यक्रम" नवलपरासी जिल्लाको सरावल गाउँपालिका वडा नं. २ को वडा कार्यपालिकाको सभाहलमा स्थानीयवासीहरुसँग नवलरासी जिल्ला अदालतका माननीय मुख्य न्यायाधीश ध्रुवकुमार साहज्यूको अध्यक्षतामा संयुक्त रुपमा मिति २०७८।१२।१२ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नवलपरासी जिल्ला अदालतका श्रैस्तेदार श्री प्रेमप्रसाद पौडेलको स्वागत मन्तव्य तथा कार्यक्रम वारे प्रकाश पार्दै प्रारम्भ भएको उक्त कार्यक्रममा जिल्ला न्यायाधीश श्री ढाकाराम पौडेलज्यूबाट घरेलु हिंसा र देवानी कानून सम्वन्धी र जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिंजालीबाट कसूरको प्रकृति‚ सूचना‚ अनुसन्धान पक्रिया‚ अभियोजन र न्यायिक निरोपणमा नागरिक‚ अनुसन्धान अधिकारी‚ अभियोजनकर्ता सरकारी वकील‚ प्रतिरक्षक कानून व्यवसायी र अदालतको भूमिका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत भएको थियो। कार्यक्रममा सहभागीहरुबाट उठेको जिज्ञासालाई वार अध्यक्ष चुराबहादुर थापा समेतबाट सम्वोधन भएको उक्त कार्यक्रममा सहाभागीहरुको तर्फबाट शुसिला हरिजन र स्थानीय न्यायिक समितिका संयोजक श्री उम्तमा रायबाट धन्यावाद ज्ञापन प्रदान भएको थियो । यस अवसरमा नवलपरासी जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीशज्यूहरु‚ श्रेस्तेदार प्रेमप्रसाद पौडेलज्यू‚ बार अध्यक्ष चुडाबहादुर थापा‚ वैतनिक कानून व्यवासी‚ रमेशप्रसाद चौधरी‚ वडा अध्यक्षहरु भेषनारायण चौधरी र शम्भुप्रसाद चौधरी‚ नवलपरासी जिल्ला अदालतका शाखा अधिकृत द्धय श्री तिलक पौडेल र केशवराज भुषाल लगायत कार्यक्रम सञ्चालक सुरेश प्रसाद यादव समेत सवैमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गरियो। (२०७८/१२/१२)


संलग्न जोडिएका विवरणहरु

download