निरीक्षण तथा अनुगमन (२०७८/११/२७)

samachar

2078-11-28

"कतिपय कसुरका अभियुक्त तत्काल फेला नपरेको कारण प्रहरी कार्यालयमा दर्ता भएको उजुरी उपर बर्षौसम्म अनुसन्धान कार्य पुरा नभएको र हदम्याद सकिने अन्तिम अवस्थामा मात्र मुद्दा चलाउने वा नचलाउने गरी अनुसन्धान प्रतिवेदन पेश हुने गरेको पाईएको साथै यसबाट संलग्न व्यक्ति समयमा नै पहिचान हुन नसक्ने र कानूनको दायरामा ल्याउन सकिने कठिनाई हुने भएको अवस्थालाई मध्यनजर गरी यस सम्बन्धमा अनुसन्धानलाई पुर्णता दिन र सम्बन्धित निकायसंगको समन्वयमा अनुसन्धानमा सलग्न निकायको अनुगमन र निरिक्षण गरी सोको प्रतिवेदन मिति २०७८ फाल्गुण महिना भित्रै महान्यायाधिवक्ताको कार्यालयमा पठाउनु हुन" भनी मिति २०७८।१०।२७ गते वरिष्ठम नायव महान्यायाधिवक्ता श्री कृष्णजीवी घिमिरेज्यूबाट सरकारी वकीलहरुलाई दिनु भएको निर्देशानुसार उपरोक्तानुसार अनुगमन र निरीक्षणको लागि ईलाका प्रहरी कार्यालय वर्दघाटको लागि जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजाली‚ ईलाका प्रहरी कार्यालय बेलाटारीको लागि सहायक जिल्ला न्यायाधिवक्ता श्री गोकर्णराज घिमिरे र जिल्ला प्रहरी कार्यालयको लागि सहायक जिल्ला न्यायाधिवक्ता उमाकुमारी के.सी.को नेतृत्वमा अनुगमन र निरीक्षण टोली तोकिई अनुगमन कार्य भई रहेकोछ । यसै क्रममा मिति २०७८।११।२७ गते इलाका प्रहरी कार्यालय बर्दघाटको निरीक्षण तथा अनुगमन कार्य सम्पन्न गरियो । यस अवसरमा ईलाका प्रहरी कार्यालय बर्दघाट परिवार र कार्यालय प्रमुख प्रनि कृष्णप्रसाद घिमिरे ज्युलाई विशेष धन्यवाद दिंदै सहभागी सहकर्मी टिमलाई समेत धन्यवाद तथा सवैमा हार्दिक आभार प्रकट गरियो।(२०७८/११/२७)


संलग्न जोडिएका विवरणहरु

No Attachments