समुदायमा सरकारी वकील कार्यक्रम श्रृखंला -४ (मिति २०७९।०३।२३ )

samachar

2079-3-28

"समुदायमा सरकारी वकील कार्यक्रम - श्रृंखला…४"

महान्यायाधिवक्ता कार्यालयको पञ्च वर्षीय रणनीतिक योजना अन्तर्गत समुदायमा सरकारी वकील कार्यक्रम यस जिल्ला सरकारी वकील कार्यालय नवलपरासी वर्दघाट सुस्ता पश्चिमबाट चौथो कार्यक्रम श्रृंखलाको रुपमा यहि मिति २०७९।०३।२३ गते नवलपरासी जिल्लाको रामग्राम नगरपालिका अन्तर्गत वडा नं.१३ पाडाटिकर स्थित वडा कार्यालयमा जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिंजालीको अध्यक्षतामा सम्पन्न भयो । अतिथीको रुपमा वडा अध्यक्ष असनारायण चौधरी, वडा सदस्हरु जैसुद्धिन धुनिया अनिता गुप्ता र विन्दा कुमारी हरिजन लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उपादायता सम्वन्धमा कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता रमेश पोख्रेलबाट कार्यपत्र प्रस्तुत भई अन्तरक्रियामा सहभागीहरुबाट उठेको जिज्ञासालाई अध्यक्षताको तर्फबाट सम्वोधन सहित धन्यवाद ज्ञापन गरियो।


संलग्न जोडिएका विवरणहरु

download