समुदायमा सरकारी वकील कार्यक्रम – श्रृंखला २ (२०७८/११/२७)

samachar

2078-11-28

महान्यायाधिवक्ता कार्यालयको पञ्च वर्षीय रणनीतिक योजना अन्तर्गत यस कार्यालयको आ.व.०७८/७९ को बार्षिक कार्ययोजनानूरुप "समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत जातीय तथा अन्य छुवाछुत र भेदभाव विरुद्धको अधिकार एवं उपचार सम्वन्धी अन्तर्क्रिया कार्यक्रम–२०७८ " नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं. ९ वेलाटारी स्थितमा मिति २०७८।११।२७ गते सम्पन्न गरियो । कार्यक्रमको अध्यक्षता जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजालीबाट भएको थियो भने सहायक जिल्ला न्यायाधिवक्ता श्री गोकर्णराज घिमिरेबाट कार्यपत्र प्रस्तुत भएको थियो । यस अवसरमा अतिथीहरु जिल्ला समन्वय सदस्य बजरंगी कोईरी‚ वडा सदस्य निजामुदिन र ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रमुख प्र.नि.प्रकाश बहादुर सिंह लगायतले शुभकामना दिंदै कार्यक्रम सम्वन्धमा संवोधन गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन ना.सु.सुरेश प्रसाद यादवबाट भएको थियो । यस अवसरमा कार्यक्रममा उपस्थित अतिथी लगायत सवै सहभागीहरु प्रति हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गरियो  ।  (२०७८/११/२७)


संलग्न जोडिएका विवरणहरु

download