अनुसन्धान अधिकारी र अभियोजनकर्ता विच छलफल श्रृंखला–३ (२०७८/११/०८)

samachar

2078-11-26

आज मिति २०७८ साल फागुन ०८ गते आईतवारका दिन "मुलुकी फौजदारी कार्यविधी संहिता,२०७४ को दफा ४ ले कसूरको जाहेरी दरखास्त वा सूचना दिनुपर्ने ,ऐ.को दफा ५ ले जाहेरी दरखास्त वा सूचना दर्ता नगरेमा उजुर गर्न सक्ने ,ऐ.को दफा ११ ले भ्रमपूर्ण, झूठ्ठा वा काल्पनिक जाहेरीलाई तामेलीमा राख्न सक्ने कानूनी व्यवस्था हुँदाहुँदै पनि जाहेरी दर्ता नगरिदिएको विषयलाई लिएर रिटको माध्यमबाट जाहेरी दर्ता गरी कारवाही गर्नुपरेको अवस्था समेतलाई मध्येनजर गर्दा जाहेरी दर्ता सम्बन्धमा एकरुपता कायम गरी कानून कार्यान्वयनमा सहजताका लागि के गर्दा उपयुक्त हुन्छ "भन्ने विषयमा अनुसन्धान अधिकारी र अभियोजनकर्ता सरकारी वकीलहरु विच छलफल गरी सुझाव पठाई दिनु हुन भन्ने व्यहोराको महान्यायाधिवक्ताको कार्यालयको च.नं.१२८९४ मिति २०७८/११/०५ र सोही पत्रको कार्यान्वयन सम्बन्धमा उच्च सरकारी वकील कार्यालय बुटवलको च.नं.२४९७ मिति २०७८/११/०५ को पत्र समेतको आधारमा यस जिल्ला सरकारी वकील कार्यालय नवलपरासीका जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजाली ज्यूको अध्यक्षतामा नवलपरासी जिल्ला अन्तर्गतका अनुसन्धान अधिकृतहरु र अभियोजनकर्ताहरु विच उपरोक्त सम्बन्धमा छलफल गरियो ।(२०७८/११/०८)


संलग्न जोडिएका विवरणहरु

No Attachments