जिल्ला समन्वय समितिको वैठक सम्पन्न (२०७८/१०/२१)

samachar

2078-10-21

महान्यायाधिवक्ताको कार्यालयको तेश्रो पञ्च वर्षीय रणनीतिक योजना (२०७८–०८३) ले निर्धारण गरेका क्रियाकलापको अधिनमा रहेर आर्थिक वर्ष २०७८/०७९ को लागी यस जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (व.सु.प.) ले तयार गरेको वार्षिक कार्ययोजना अनुरुप क्रियाकलापहरुलाई कार्यान्वयन गर्ने क्रममा आज मिति २०७८ माघ २१ गते शुक्रवारका दिन कार्यालयका जिल्ला न्यायाधिवक्ता  श्री चन्द्रबहादुर सिंजालीको अध्यक्षतामा जिल्ला समन्वय समितिको वैठक बसियो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री धर्मेन्द्रकुमार मिश्र , प्रहरी उपरीक्षक  श्री मनोजकुमार यादव, नवलपरासी जिल्ला अदालतका श्रेस्तेदार  श्री प्रेमप्रसाद पौडेल ,पृथ्वी चन्द्र अस्पतालका मेडिकल अघिकृत  डा. प्रशान्त द्धिवेदी ,बारका अध्यक्ष श्री चुराबहादुर थापा र डिविजन वनका सहायक वन अधिकृत डिलाराम पौडेल समेतको उपस्थित रहेको उक्त कार्यक्रममा सहायक जिल्ला न्यायाधिवक्ता श्री गोकर्णराज घिमिरेले स्वागत मन्तव्य तथा कार्यक्रम संचालन गर्नु भएको थियो ।वर्तमान कोभिडको पेन्डामिक  र कार्य व्यवस्थता बिच कार्यक्रममा उपस्थित  भई विभिन्न ९ वटा वुदाहरुमा छलफल गरि निर्णय समेत गरिएकोले सवैमा कार्यालय प्रमुख तथा समितिको अध्यक्षताको हैसियतले जिल्ला न्यायाधिवक्ताबाटः धन्यवाद ज्ञापन समेत गरियो ।


संलग्न जोडिएका विवरणहरु

download