समुदायमा सरकारी वकीलको भूमिका विषयक कार्यक्रम सम्पन्न ( २०७८/०८/२४)

samachar

2078-8-26

महान्यायाधिवक्ता कार्यालयको पञ्च वर्षीय रणनीतिक योजना अन्तर्गत यस कार्यालयको आ.व.०७८/७९ को बार्षिक कार्ययोजनानूरुप "समुदायमा सरकारी वकील कार्यक्रम" र नवलपरासी जिल्ला अदातलको "न्यायिक अन्तरसंवाद कार्यक्रम" नवलपरासी जिल्लाको महाकवि देवकोटा नमूना माध्यमिक विद्यालय सुनवलमा कानून संकायमा अध्ययनरत विधार्थीहरुसँग नवलरासी जिल्ला अदालतका माननीय मुख्य न्यायाधीश ध्रुवकुमार साहज्यूको अध्यक्षतामा संयुक्त रुपमा मिति २०७८।०८।२४ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नवलपरासी जिल्ला अदालतका श्रैस्तेदार श्री प्रेमप्रसाद पौडेलको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा जिल्ला न्यायाधीश श्री चन्द्रकान्त पौडेलले बालन्याय‚ घरेलु हिंसा र देवानी कानून सम्वन्धी र जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिंजालीबाट कसूरको सूचना‚ अनुसन्धान‚ अभियोजन र बहसपैरवी तथा प्रतिरक्षामा सरकारी वकीलको भूमिका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत भएको थियो। विधार्थीहरुबाट उठेको जिज्ञासालाई वार अध्यक्ष चुराबहादुर थापा समेतबाट सम्वोधन भएको उक्त कार्यक्रममा विधार्थीहरुको तर्फबाट रञ्जना कामी र प्र.अ.श्री खेमराज शर्माबाट धन्यावाद ज्ञापन गर्दै मायाको चिनो समेत प्रदान भएको थियो । यस अवसरमा नवलपरासी जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीशज्यूहरु‚ श्रेस्तेदार प्रेमप्रसाद पौडेलज्यू‚ बार अध्यक्ष चुडाबहादुर थापा‚ वैतनिक कानून व्यवासी‚ रमेशप्रसाद चौधरी‚ कानून व्यवसायी सरसस्वती शर्मा‚ प्र.अ.श्री खेमप्रसाद शर्मा‚ वि.व्य.स.का सदस्य श्री टेकप्रसाद न्यौपाने लगायत कार्यक्रम सञ्चालक शाखा अधिकृत केशवराज भुसाल समेत सवैमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गरियो।

                                                                                                                                                                       

 


संलग्न जोडिएका विवरणहरु

समुदायमा सरकारी वकीलको भूमिका विषयक कार्यक्रम सम्पन्न download