समुदायमा सरकारी वकीलको भूमिका विषयक कार्यक्रम सम्पन्न

samachar

2075-12-25

समुदायमा सरकारी वकीलको भूमिका कार्यक्रम सम्पन्न ......

मिति २०७५।१२।२१ गते बिहिबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत "समुदायमा सरकारी वकीलको भूमिका" विषयक कार्यक्रम समुदायलाई जानकारी गराउने उद्देश्यले नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वडा नं. ५ गोपिगंज नवलपरासी स्थित खुल्ला चौतारीमा जिल्ला सरकारी वकील कार्यालय नवलपरासीका  जिल्ला न्यायाधिवक्ताको अध्यक्षता, सुस्ता गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षज्यूको प्रमुख आतिथ्य, प्रहरी चैकी गेर्मीका ईन्चार्ज एवं समाजका विभिन्न व्यक्तित्वहरु गरी ६८ जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जिल्ला न्यायाधिवक्ता श्री भिम प्रसाद भुर्तेलज्यूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो साथै करिव ८ जना सहभागिहरुबाट उठाईएका जिज्ञासाहरुको सम्बोधन जिल्ला न्यायाधिवक्ता श्री भिम प्रसाद भुर्तेलज्यूले गर्नु भएको थियो । उक्त कार्यक्रममा सुस्ता गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षले मन्तव्य राख्नु भएको थियो साथै जिल्ला नवलपरासी कार्यालय बर्दघाट सुस्ता पश्चिमका ना.सु. श्री खडानन्द पोख्रेलले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने सो कार्यक्रमको संचालन महेन्द्र चापागाईले गर्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments