• जिल्ला सरकारी वकील कार्यलाय, ताप्लेजुङ्ग। सम्पर्कः 024460112, 9852660312 Email- dgao.taplejung@ag.gov.np
  • जिल्ला सरकारी वकील कार्यलाय, ताप्लेजुङ्ग। सम्पर्कः 024460112, 9852660312 Email- dgao.taplejung@ag.gov.np

परिचय

अधिकारको प्रयोग

नेपालको संविधानको धारा १५७ मा नेपालमा एक महान्यायाधिवक्ता रहने र निजको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ। संविधानमा लेखिएदेखि बाहेक कुनै अदालत वा न्यायिक अधिकारी समक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने र नेपाल सरकारको तर्फबाट चलाइने मुद्दाहरूको सन्दर्भमा सम्बन्धित अदालत वा न्यायिक अधिकारी समक्ष अभियोगपत्र वा फिरादपत्र दर्ता गर्ने, मुद्दाको बहस पैरवी प्रतिरक्षा गर्ने एवं सरकार वा सरकारले तोकेका अधिकारीलाई कानूनी राय प्रदान गर्ने लगायतका काम, कर्तव्य र अधिकार महान्यायाधिवक्तामा निहित रहेको छ। महान्यायाधिवक्तामा निहित अधिकारहरू मातहतका सरकारी वकीलहरूलाई सुम्पन सक्ने संवैधानिक व्यवस्था अनुसार महान्यायाधिवक्ताबाट प्रत्यायोजित अधिकार महान्यायाधिवक्ताको कार्यालय मातहतको यस जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकीलबाट प्रयोग हुदै आएको छ ।

जिल्लाको बारेमा

नेपालको सुदुर पूर्वी हिमाली जिल्ला ताप्लेजुङ्गको नामाकरण ताप्ले नाम गरेको भुटिया राजाको जोङ्ग(किल्ला) बाट रहन गएको हो भन्ने कथन पाईन्छ। अर्को शब्दमा ताप्ले भनेको घोडा र जुङ्ग भनेको चराउने ठाउँ भन्ने कथन रहेको पाईन्छ। यो जिल्ला नेपालको कोशी प्रदेश अन्तर्गत मेची अञ्चलको पूर्वोत्तर भागमा अवस्थित जिल्ला हो, जहाँ विश्वको तेस्रो तथा नेपालको दोस्रो उच्च हिमाल, विश्वकै सबैभन्दा सुन्दर कहलिएको सिङ्गलिला हिमश्रृङ्खला रहेका छन् । चीनको स्वशासित प्रान्त तिब्बतको ल्हासाबाट सबैभन्दा नजिक पर्ने नेपालको जिल्ला पनि यही नै हो । यस जिल्लामा प्रसिद्ध पाथीभरा देवीको मन्दिर, करिव ६०० वर्ष पुरानो डिकी छ्योलिङ गुम्वा रहेको पाइन्छ । राणाकालमा समेत विभिन्न अड्डा अदालत रहेको यस जिल्लालाई बुढापाकाहरु अमिनी नामले समेत चिन्ने गर्दछन् ।

Location Icon, Transparent Location.PNG Images & Vector - FreeIconsPNGजिल्ला सरकारी वकिल कार्यालय, ताप्लेजुङ्ग जिल्ला सदरमुकाम फुङलिङ नगरपालिका वार्ड न. ५ मा अवस्थित रहेको छ। 

Facebook Logo Stock Illustrations – 9,771 Facebook Logo Stock  Illustrations, Vectors & Clipart - Dreamstime


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

महेश प्रसाद खत्री

सहायक जिल्ला न्यायाधिवक्ता (सूचना अधिकारी)

मदन न्यौपाने (सम्पर्क नं. 9852660412)

सहायक जिल्ला न्यायाधिवक्ता

कंचन घिमिरे