समुदायमा सरकारी वकील कार्यक्रम

samachar

2078-10-24

सरकारी वकील र समुदाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न 

उच्च सरकारी वकील कार्यालय ईलाम र जिल्ला सरकारी वकील कार्यालय ताप्लेजुङ्को संयुक्त आयोजनामा मिति २०७८।१०।२२ गते शनिबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचनाकामकर्तव्य एवं समग्र समुदायप्रति दायित्व" विषयक अन्तरक्रिया सम्पन्न भयो। उक्त कार्यक्रम ताप्लेजुङ्ग जिल्लाको पाथिभरा याङ्वरक गाँउपालिकाको कार्यालयको सभाहलमा उ.स.व.का. ईलामका नि. सहन्यायाधिवक्ता श्री केशव प्रसाद पन्तको अध्यक्षतापाथिभरा याङ्वरक गाँउपालिका अध्यक्ष श्री केशर मेन्याङ्वोको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा विशेष अतिथिको रुपमा पाथिभरा याङ्वरक गाँउपालिका उपाध्यक्ष रनमाया गुरुङ् र जिल्ला अदालत ताप्लेजुङ्गका माननीय जिल्ला न्यायाधीश प्रकाश राउत रहनु भएको थियो। गाँउपालिकाका जनप्रतिनिधहरुको सहभागिता रहेको कार्यक्रममा अतिथिको रुपमा जिल्ला सरकारी वकील कार्यालय, ताप्लेजुङ्गका जिल्ला न्यायाधिवक्ता श्री युवराज महत, प्रमुख अनुसन्धान अधिकृत श्री रमेश अधिकारी, तहसिलदार श्री खेमकुमारी बस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी श्री गायत्रा खड्का, मालपोत अधिकृत श्री लेखा पनेरु, कोष नियन्त्रक श्री मदन पौडेल र प्रहरी निरिक्षक श्री कैलाश अधिकारी रहनुभएको थियो। सहायक जिल्ला न्यायाधिवक्ता श्री पुष्पराज बाँस्तोलाले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सरकारी वकीलको सांगठनिक संरचनाकामकर्तव्य एवं समग्र समुदायप्रतीको दायित्व विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने जिल्ला न्यायाधिवक्ता श्री युवराज महतले स्थानिय शासन सञ्चालन ऐनको व्यवस्था र मेलमिलाप विषयमा  प्रस्तुतीकरण गर्नुभएको थियो। गाँउपालिकाका विभिन्न वडाका वडाध्यक्षज्यूहरु, सदस्यज्यूहरु, वडासचिवज्यूहरु, प्रहरीहरु, कार्यक्रममा सहभागी उच्च सरकारी वकील कार्यालय ईलाम र जिल्ला सरकारी वकील कार्यालय ताप्लेजुङ्गका कर्मचारीहरु, स्थानीय सर्वसाधारण एवं पत्रकारहरु गरी ६० (१३ महिला ४७ पुरुष) जनाको उपस्थिति रहेको थियो। करीव १० जना सहभागिहरुबाट सरकारी वकील र सरकार वादी मुद्दाका सम्वन्धमा उठाईएका जिज्ञासाहरुको उ.स.व.का. ईलामका नि. सह-न्यायाधिवक्ता र माननीय जिल्ला न्यायाधीज्यूबाट रोचक उदाहरणहरु सहित सम्वोधन गर्नु भएको थियो साथै, कार्यक्रम सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै सहयोगी मनहरुलाई धन्यबाद दिनुभएको थियो। सो कार्यक्रममा सञ्चारकर्मी श्री खगेन्द्र अधिकारीले समेत संचारकर्मीको तर्फबाट मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला सरकारी वकील कार्यालय ताप्लेजुङ्गका नायव सुब्बा रुमा गोलेले गर्नुभएको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments