मिति २०७९।०९।२२ गते समन्वय समितिको बैठक सम्पन्न भयो

samachar

2079-9-26

मिति २०७९।०९।२२ गते शुक्रबार जिल्ला सरकारी वकील कार्यालय नुवाकोटका जिल्ला न्यायाधिवक्ता  श्री टेकराज भुसालको संयोजकत्वमा यस जिल्लामा अनुसन्धान र अभियोजनलाई  वस्तुनिष्ठ वैज्ञानिक र प्रभावकारी बनाउने,कानुनको विवादमा परेका बालबालिका रहेका मुद्दामा बालईजलासबाट मुद्दा पुर्पक्षको क्रममा बालसुधारगृहमा पठाउने निर्णय भएकोमा बालसुधार गृह बाँके नेपालगन्ज पठाउने गरिदा उक्त स्थान यहाँबाट टाढा भई मुद्दाको कारवाहीको शिलशिलामा अदालत ल्याउन लैजान तथा परिवारसँगको भेटघाट समेतमा समस्या परी बालमैत्री नदेखिदा नजिकको बालसुधार गृहमा पठाउने व्यवस्था हुन सम्बन्धित निकायमा लेखी पठाउने,विधि विज्ञान प्रयोगशालामा परिक्षणको लागि नमुना पठाउँदा समयमै पठाई समयमै परीक्षण प्रतिवेदन प्राप्त गर्ने कार्यमा थप सक्रियता देखाउने,साक्षीहरुलाई बकपत्रको लागि समयमै सुचना दिई साक्षी उपस्थिती गराउने र उपस्थित हुन नसक्ने साक्षीको हकमा मुचुल्का तयार गरी पठाई पुन:उपस्थित गराउन आदेश गरी पाउन पत्राचार गर्ने,पीडित प्रभाव प्रतिवेदन पेश गर्ने कानुनी व्यवस्थालाई व्यवहारमा लागू गर्ने,डिभिजन वन कार्यालय नुवाकोटमा रहेका ईजाजत विना वन पैदावर कटान सम्बन्धी पुराना मुद्दाको मुद्दा हेर्ने अधिकार क्षेत्रका कारण मुद्दा कारवाही र किनारा गर्न समस्या रहेको हुँदा बाधा अड्काउ फुकाउन सम्बन्धित निकायमा लेखि पठाउने भनी निर्णय गरियो । 

बैठकमा नुवाकोट जिल्लाका माननिय जिल्ला न्यायाधीश श्री मदन बहादुर धामी,प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद रिसाल,विदुर नगरपालिका उपमेयर श्री प्रभा वोगटी,सहायक प्रमुख जिल्ला अधिकारी श्री वेद प्रसाद अर्याल, प्रहरी नायब उपरीक्षक रमेश पण्डित,कोलेनिका नुवाकोटका प्रमुख श्री रामकृष्ण पुडासैनी,जिल्ला समन्य समिति सचिव श्री वासुदेव खतिवडा,जिल्ला अदालतका श्रेस्तेदार ईन्द्र कुमार खड्का,जिल्ला अदालत नुवाकोटका ईजलास अधिकृत रिता लामिछाने, मालपोत अधीकृत होमनाथ सेडाई,नापी अधिकृत संजिव कुमार सिंह, डिभिजन वन कार्यालयका कार्यालय प्रमुख दिर्घ नारायण कोईराला,खाद्य प्रविधि नियन्त्रण डिभिजन कार्यालयका गणेश दत्त जोशी,त्रिशुली अस्पताल डा.सर्जु श्रेष्ठ,जिल्ला अदालत वार एशोसियनका कृष्णलाल श्रेष्ठ समेतको सहभागिता थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८०।०८।२२ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०।०८।१४ गते समन्वय समितिको बैठक सम्पन्न गरियो


मिति २०८०।०८।१४ षत


मिति २०८०।०३।२१ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।


मिति २०७९।०९।२२ गते समन्वय समितिको बैठक सम्पन्न भयो


ईमेज साप्ताहिकमा प्रकाशित समाचार


समुदायमा सरकारी वकील कार्यक्रम आ.व२०७९-८०


मिति २०७९।०३।२२ गते समन्वय समितिको बैठक सम्पन्न


मिति २०७८।११।२४ मा नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका वडा नं.२ मा भएको समुदायमा सरकारी वकील कार्यक्रमको सम्बन्धमा स्थानिय त्रिशुली खवर पत्रिकामा प्रकाशित भएको छ ।


मिति २०७८।११।२४ गते नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा नं. २ स्थित वडा कार्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।