मिति २०७८।११।२४ गते नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा नं. २ स्थित वडा कार्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।

samachar

2078-11-25

मिति २०७८।११।२४ गते नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा नं. २   तारुका स्थित वडा  नं. २ कार्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो । कार्यक्रमको अध्यक्षता जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री टेकराज भुसालले गर्नुभएको थियो उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नुवाकोट जिल्ला अदालतका माननीय जिल्ला न्यायाधिश श्री उमेश प्रसाद लुईटेल, विशेष अतिथिमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष श्री समर बहादुर आले मगर,वडा नं. ३ का वडा अध्यक्ष  श्री सुर्यमान श्रेष्ठ, जिल्ला समन्वय समितिको  सदस्य श्री सुविना प्रधान,अतिथिमा प्रहरी   निरिक्षक श्री जनार्दन घिमिरे नुवाकोट जिल्ला वार एशोसिएसनका अध्यक्ष श्री  राजाराम थपलिया,पुर्व अध्यक्ष श्री  देवराज कडेल, कोषाध्यक्ष श्री कृष्णलाल श्रेष्ठ, सदस्य उत्तम घिमिरे, निशुल्क कानुनी सहायता अधिकृत  श्री  माधव राज सिलवाल, कोसेली नेपालको अध्यक्ष अस्मिता थापा,नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, उपाध्यक्ष जगदिश खनाल, ईन्सेक नुवाकोटका प्रतिनिधि नवोदिप श्रेष्ठ, तथा अन्य  वडा सदस्य,शिक्षकहरु तथा विधार्थिहरु र वडा नं. २ र वडा नं. ३ का सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सरकारी वकील कार्यालयको परिचय,काम कर्तव्य र अधिकार तथा समसामयिक अपराध (बोक्सिको आरोप,घरेलु हिंसा,लागुऔषध,जुवा,साईबर अपराध,करणी सम्बन्धी कसुर,बालविवाह, बहुविवाह,सवारी ज्यान,वन सम्बन्धी आखेटोपहार) सम्बन्धी विषय,अनुसन्धान सम्बन्धी विष,अभियोजन सम्बन्धि विषय र अदालतबाट हुने न्याय सम्पादनको विषय एवम फौजदारी मुद्दाको अनुसन्धान तथा न्याय सम्पादनमा समुदायको भुमिका विषयमाहरुमा  जिवन्त छलफल भएको थियो ।कार्यक्रममा महिला, बालबालिका, बृद्ब, बुद्दिजिवि समेत करिव ९३ जनाको  सक्रिय  सहभागिता रहेको थियो । 


संलग्न जोडिएका विवरणहरु

download