2078-11-10
मिति २०७८।११।०९ गते नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा नं. १ स्थित नारयणदेवि मा.वि.मा जिल्ला न्यायाधिवक्ता श्री टेकराज भुसाल ज्युको अध्यक्षतामा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नुवाकोट जिल्ला लिखु गाउँपालिकाका अध्यक्ष श्री धुव्र श्रेष्ठ विशेष अतिथिमा नुवाकोट लिखु गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष नरहरि पाण्डे,अतिथिमा प्रहरी नायव उपरिक्षक श्री रुपक खड्का, नुवाकोट जिल्ला वार एशोसेनका पुर्व अध्यक्ष श्री देवराज कडेल, कोषाध्यक्ष श्री कृष्णलाल श्रेष्ठ, निशुल्क कानुनी सहायता अधिकृत श्री माधव राज सिलवाल तथा नारायण देवि मा.वि.का प्रधानायाध्यापक श्री हरि प्रसाद लामिछाने तथा अन्य शिक्षकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सरकारी वकील कार्यालयको परिचय,काम कर्तव्य र अधिकार तथा समसामयिक अपराध (बोक्सिको आरोप,घरेलु हिंसा,लागुऔषध,जुवा,साईबर अपराध,करणी सम्बन्धी कसुर,बालविवाह, बहुविवाह,सवारी ज्यान,वन सम्बन्धी आखेटोपहार) सम्बन्धी विषयहरुमा छलफल भएको थियो ।कार्यक्रममा कक्षा दशका ३६ जना विद्यार्थिहरुको सक्रिय सहभागिता रहेको थियो ।
मिति २०८३।०१।२९ गते जिल्ला प्रहरी कार्यालय, नुवाकोटको हिरासत कक्ष अवलोकन तथा अनुगमन ।
मिति २०८०।०८।२२ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०।०८।१४ गते समन्वय समितिको बैठक सम्पन्न गरियो
मिति २०८०।०३।२१ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।
मिति २०७९।०९।२२ गते समन्वय समितिको बैठक सम्पन्न भयो
ईमेज साप्ताहिकमा प्रकाशित समाचार
समुदायमा सरकारी वकील कार्यक्रम आ.व२०७९-८०
मिति २०७९।०३।२२ गते समन्वय समितिको बैठक सम्पन्न