मिति २०७८ माघ २७ गते समन्वय समितिको बैठक सम्पन्न

samachar

2078-11-1

मिति २०७८ साल माघ २७ गते विहिवार  बेलुका ५:३० बजेको समयमा जिल्ला सरकारी वकील  कार्यालय नुवाकोटको सभाहलमा जिल्ला न्यायाधिवक्ता श्री  टेकराज भुसाल ज्यूको संयोजकत्वमा समन्वय समितिको बैठक सम्पन्न गरियो । बैठकमा  सदस्यको रुपमा जिल्ला प्रशासन कार्यालय नुवाकोटका निमित्त प्रमुख जिल्ला अधिकारी श्री  वेद प्रसाद अर्याल, प्रहरी उपरिक्षक श्री राम प्रकाश शाह,जिल्ला अस्पतालका  डा. श्री दिपेन्द्र पाण्डे,सदस्य सचिवमा श्री गोपाल दाहाल र आमन्त्रित उपस्थितिमा नुवाकोट जिल्ला अदालतका माननिय जिल्ला न्यायाधिश श्री उमेश प्रसाद लुईटेल, कोष तथा लेखा नियन्त्रक कार्यालय नुवाकोटका  प्रमुख कोष नियन्त्रक रामकृष्ण पुडासैनी र डिभिजन वन कार्यालय नुवाकोटका सहायक वन अधिकृत राज कुमार यादवको उपस्थिति भएको थियो । बैठकमा अपराध अनुसन्धान अभियोजन,साक्षी परीक्षण,परीक्षण प्रतिवेदन,फैसलाको प्राप्ति र पुनरावेदन समयमा गर्ने, बालबालिका पक्ष रहेका मुद्दामा तोकिएको कानुन भित्र फैसला गर्ने विषय, बालसुधार गृहमा रहेका बालबालिकालाई सुनुवाईको सुचना दिने विषय र डिभिजन वन कार्यालयमा विचाराधीन अवस्थामा रहेका मुद्दाहरुको अधिकार क्षेत्रका कारण  न्याय निरुपणमा ढिलाई भएको  सम्बन्धमा निकास खोज्ने  तथा काम कारवाहीलाई प्रभावकारी र परिणाममुखि बनाउने विषयमा छलफल गरियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments