श्रव्य दृष्य (video conference) मार्फत बकपत्र सम्पन्न

samachar

2078-10-4

 प्रहरी प्रतिवेदनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी फूल कुमारी सुनार भन्ने तुल कुमारी सुनार  समेत भएको कर्तव्य ज्यान मुद्दामा वादी नेपाल सरकारको साक्षीहरु जिल्ला सुनसरी ईटहरी उप महानगरपालिका वडा नं. २० बस्ने मृतकको श्रीमती सिता कार्कि भण्डारी समेतका मानिसहरु कोभिड-१९ को महामारी तथा दुरी टाढा भएको हुँदा  नुवाकोट जिल्ला अदालतबाट अगाडी भएका आदेशबाट उपस्थित हुन नसकी  सम्मानित नुवाकोट जिल्ला अदालतलाई  श्रव्य दृश्य मार्फत बकपत्र गराउन आदेश गरी पाउँ भनी पत्राचार गरिएकोमा सम्मानित नुवाकोट जिल्ला अदालतबाट समेत श्रव्य दृश्य मार्फत बकपत्र गराउनको लागि अनुमति दिई वादी नेपाल सरकारका साक्षीहरुको पहिलो पटक मिति २०७८।१०।०४ गते श्रव्य दृष्य (video conference) मार्फत  बकपत्र सम्पन्न भयो । 

 


संलग्न जोडिएका विवरणहरु

No Attachments