समुदायमा सरकारी वकील कार्यालय २०७८।०८।२१ मा सप्तरीको श्री मा.वि. मधुवापुरमा सप्पन्न ।

samachar

2078-9-7

समुदायमा सरकारी वकिल कार्याक्रम सप्तरी जिल्लाको श्री मा.वि. मधुवापुरमा मिति २०७८।०८।21 मा सम्पन्न ।

उच्च सरकारी वकील कार्यालय राजविराज तथा जिल्ला सरकारी वकील कार्यालय सप्तरीद्धारा समुदायमा सरकारी वकील कार्याक्रम सप्तरी जिल्लाको मधुवापुर स्थित श्री माध्यामिक विधालायमा सञ्चालन भएको थियो । प्रस्तुत कार्यक्रमको अध्यक्षता उच्च सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता श्री गोविन्दराज गौली ज्यूले गर्नुभएको थियो । प्रमुख अथितिमा हनुमान नगर-४ का वडा अध्यक्ष श्री नागेश्वर मण्डलज्यू र विषेश अतिथिमा स्वाभलम्भन लगु वित्त संस्था लिमिटेड का प्रमुख श्री टेक नारायण कामतीज्यू रहनु भएको थियो ।उक्त कार्यक्रमको सञ्चालन उपन्यायाधिवक्ता श्री स्वतन्त्र न्यौपानेबाट भएको थियो । सो कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालयका सप्तरीका जिल्ला न्यायाधिवक्ता श्री महमद मुन्ना कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । समाजमा वढी मात्रामा रहेको जवरजस्ती करणी बहुविवाह बालविवाह चोरी जस्ता अपराधका विषयमा सहायक न्यायाधिवक्ता श्री उत्तमा श्रेष्ठ तथा सहायक जिल्ला न्यायाधिवक्ता दिपेन्द्र दास ले आफ्नो प्रस्तुती राख्नुभएको थियो। सो कार्यक्रममा ना.सु श्री प्रतिभा झाले स्थानिया भाषामा सहभागीहरुको जिज्ञासा सम्बोधन गर्नु भएको थियो ।उक्त कार्यक्रममा सियाराम मण्डल तथा विनोद कुमार महतोले कार्याक्रम फलदायी रहेको तथा जन समुदायले कानुन सम्वन्धि धेरै कुरा सिक्न पाएको उल्लेख गर्नु भएको थियो ।सहभागीका तर्फबाट राजकुमार मण्डल, अशोक कुमार पाठक, सोभिन्द्र राम, उदयान्द झा, बिधानन्द झा समेतका व्यक्तिहरुबाट जिज्ञासा प्रस्तुत भएको थियो। अन्यमा समग्र उठान भएका जिज्ञासाहरुलाई सहन्यायाधिवक्ता श्री गोविन्दराज गौलीबाट सम्बोधन गरि कार्यक्रमको समापन भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

समुदायमा सरकारी वकील download