2078-9-7
समुदायमा सरकारी वकिल कार्याक्रम सिराहा जिल्लाको गोलबजारमा मिति २०७८।०८।१० मा सम्पन्न ।
उच्च सरकारी वकील कार्यालय राजविराज तथा जिल्ला सरकारी वकील कार्यालय सिराहद्धारा समुदायमा सरकारी वकील कार्याक्रम सिराह जिल्लाको गोलबजार स्थित जनता माध्यामिक विधालायमा सञ्चालन भएको थियो । प्रस्तुत कार्यक्रमको अध्यक्षता उच्च सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता श्री गोविन्दराज गौली ज्यूले गर्नुभएको थियो । प्रमुख अथितिमा नि.प्र.अ. सरोज कु. सिङदनुवारज्यू र विषेश अतिथिमा गोलबजार न.पा.-४ का वडा अध्यक्ष श्री राजदेव यादव ज्यू रहनु भएको थियो ।उक्त कार्यक्रमको सञ्चालन उपन्यायाधिवक्ता श्री स्वतन्त्र न्यौपानेबाट भएको थियो । सो कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालयका सिराहका जिल्ला न्यायाधिवक्ता श्री सन्तोष भण्डारीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । समाजमा वढी मात्रामा रहेको जवरजस्ती करणी बहुविवाह बालविवाह चोरी जस्ता अपराधका विषयमा सहायक जिल्ला न्यायाधिवक्ता श्री अनिल रेग्मी तथा श्री दधिराम बरालले आफ्नो प्रस्तुती राख्नुभएको थियो। सो कार्यक्रममा ना.सु श्री प्रतिभा झाले स्थानिया भाषामा सहभागीहरुको जिज्ञासा सम्बोधन गर्नु भएको थियो ।उक्त कार्यक्रममा राजदेव यादव तथा सरोज कु. सिङदनुवारले कार्याक्रम फलदायी रहेको तथा विधार्थी भाई बहिनीहरुले कानुन सम्वन्धि धेरै कुरा सिक्न पाएको उल्लेख गर्नु भएको थियो । अन्यमा समग्र उठान भएका जिज्ञासाहरुलाई सहन्यायाधिवक्ता श्री गोविन्दराज गौलीबाट सम्बोधन गरि कार्यक्रमको समापन भएको थियो ।
वढुवा सूचना
महान्यायाधिवक्ताको कार्यालयको स्थापना दिवसमा उपस्थिति सम्वन्धमा ।
योजना कार्यन्वयन समिति गठन गरिएको सम्बन्धमा ।
योजना कार्यन्वयन समिति गठन गरिएको सम्बन्धमा ।
अपराध पिडित संरक्षण नियमावली २०७७
बार्षिक कार्ययोजना २०७८।०४।१५ सम्म जिल्ला सरकारी वकील कार्यालय सप्तरी र सिराहले यस कार्यालयमा पठाउने ।
समुदायमा सरकारी वकील कार्यालय २०७८।०८।२१ मा सप्तरीको श्री मा.वि. मधुवापुरमा सप्पन्न ।
समुदायमा सरकारी वकील कार्यालय २०७८।०८।१० मा सिरहाको गोलबजारमा सप्पन्न ।
२०७८।०४।१३ गतेका दिन नियमित बैठक बसी कर्मचारीहरूको काम अनुसार कार्यविभाजन र शाखा तोकिएको ।
समुदाय-प्रहरी साझेदारी र समुदायमा सरकारी वकील संयुक्त कार्यक्रम २०७६ सम्पन्न ।
आ.व. २०७६/०७७ को पहिलो नागरिक समुदाय र सरकारी वकील बिच अन्तर सम्वाद कार्यक्रम सम्पन्न