नागरिक बडापत्र

उच्च सरकारी वकील कार्यालय,राजविराज

सुशासन (व्यवस्थापन तथा सञ्चालत) ऐन, 2064 को दफा 25 र

सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली 2065 को नियम १४ को प्रयोजनार्थ

नागरिक वडापत्र

क्र.स

प्रदान गरिने सेवा

आवश्यक कागजातहरू

सेवा प्रवाह गर्दा लाग्‍ने समय

सेवा दस्तुर

सेवा प्रदान गर्ने शाखा

निर्णय गर्ने पदाधिकारी

गुनासो सुन्‍ने अधिकारी

१.

आफ्नो प्रादेशिक अधिकार क्षेत्र भित्र रहेका प्रदेश प्रमुख तथा प्रादेशिक स्तरको नेपाल सरकारको कार्यालयका प्रमुखले मागेको कानूनी प्रश्‍नमा राय सल्लाह उपलब्ध गराउने।

सरकारी वकील सम्बन्धी नियमावली, 2077 को नियम 38 बमोजिमको रित- पूर्वकको कागजात।

पत्र सहितको कागजात प्राप्‍त भएको मितिले ७ (सात) दिन।

नलाग्‍ने

कानूनी राय शाखा

सहन्यायाधिवक्ता

सहन्यायाधिवक्ता

2.

नेपाल सरकार वादी हुने मुद्दाहरू चलाउने वा नचलाउने निर्णय गर्ने।

सम्बन्धित मुद्दाको मिसिल कागज।

मिसिल प्राप्त भएको ३ दिन भित्र।

नलाग्ने

मुद्दा शाखा

सहन्यायाधिवक्ता

सहन्यायाधिवक्ता

3.

नेपाल सरकारको तर्फबाट उच्च अदालत  जनकपुर राजविराज इजलासमा बहस पैरवी, प्रतिरक्षा गर्ने।

सम्बन्धित मुद्दाको मिसिल तथा आवश्यक कागजात।

पेशी तोकीएको दिन।

नलाग्ने

मुद्दा शाखा

तोकिएको सरकारी वकील

सहन्यायाधिवक्ता

4.

उच्च अदालत  जनकपुर राजविराज इजलास गरेको आदेश वा फैसला (मुद्दा तथा रिट) को कार्यान्वयनको लागि सम्बन्धित निकायमा लेखि पठाउने।

आदेश वा फैसलाको प्रमाणित प्रतिलिपि प्राप्‍त भए पश्‍चात।

आदेश वा फैसला प्राप्‍त भएको मितिले ७ (सात) दिन।

नलाग्ने

मुद्दा शाखा

सहन्यायाधिवक्ता

सहन्यायाधिवक्ता

५.

हिरासतमा रहेका व्यक्तिलाई मानवोचित व्यवहार नगरेको वा आफन्तसँग वा कानून व्यवसायीसँग भेटघाट गर्न नदिएको भन्‍ने उजूरी परेमा वा जानकारी प्राप्‍त भएमा छानबिन गरी सम्बन्धित अधिकारीलाई आवश्यक निर्देशन दिने।

उजूरीलाई पुष्टि गर्ने कागज उजुरी वा जानकारी प्रमाण।

तुरुन्त

नलाग्ने

मुद्दा शाखा

सहन्यायाधिवक्ता

सहन्यायाधिवक्ता

६.

कारागार तथा बाल सुधार गृहमा रहेका कैदी तथा थुनुवाको मानव अधिकारको अवस्थाबारे अनुगमन गरी आवश्यक निर्देशन दिने।

अनुगमन प्रतिवेदन, अन्य कुनै स्रोतबाट प्राप्‍त सूचना, जानकारी वा उजूरी।

आवश्यकता अनुसार

नलाग्ने

मुद्दा शाखा

सहन्यायाधिवक्ता

सहन्यायाधिवक्ता

७.

नेपाल सरकार वादी हुने मुद्दामा पुनरावेदन, निवेदन (अन्तरकालिन आदेश उपरको निवेदन, दोहोर्याई हेरी पाउने निवेदन) सम्बन्धी कारवाही गर्ने।

सम्बन्धित मुद्दाको नक्कल मिसिल तथा सरकारी वकीलको प्रस्तावित राय/मसौदा।

कानूनले तोकेको म्याद भित्र।

नलाग्ने

मुद्दा शाखा

सहन्यायाधिवक्ता/उपन्यायाधिवक्ता

सहन्यायाधिवक्ता

८.

नेपाल सरकार/संवैधानिक निकाय/ आयोग/ निकाय/ सचिवालय/ नेपाल सरकारका मन्त्रालय/ विभाग/ कार्यालयबाट प्राप्‍त लिखित जवाफ उच्च अदालत जनकपुर, राजविराज इजलासमा पेश गर्ने।

सम्बन्धित निकायको लिखित जवाफ (वुद्युतीय माध्यममा समेत) तथा सम्बद्ध प्रमाण कागजात।

प्रप्‍त भएकै दिन।

नलाग्ने

मुद्दा शाखा

सहन्यायाधिवक्ता

सहन्यायाधिवक्ता

९.

मुद्दाको विषयमा कारागार/ बाल सुधार गृह एवं अन्य निकायबाट प्राप्‍त हुने पत्र/निवेदन उपर आवश्यक कारवाही गर्ने।

निवेदन/पत्र तथा जानकारी माग गरिएको मुद्दाको फैसलाको प्रमाणित प्रतिलिपी।

निवेदन वा पत्र प्राप्‍त भएको मितिले ३(तीन) दिन।

नलाग्ने

मुद्दा शाखा

सहन्यायाधिवक्ता

सहन्यायाधिवक्ता

10.

कसूरबाट पीडित/जाहेरवाला/साक्षी/ प्रतिवादी/ अन्य सरोकारवाला व्यक्तिले दिएको निवेदन।

निवेदन तथा सो सँग सम्बन्धित कागजात।

निवेदन प्रप्‍त भएको मितिले ३ (तीन) दिन।

नलाग्ने

पीडित तथा साक्षी संरक्षण शाखा

सहन्यायाधिवक्ता

सहन्यायाधिवक्ता