मिति २०७८।०८।२० गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।

samachar

2078-8-21

मिति २०७८।०८।२० गते  जिल्ला सरकारी वकील कार्यालय नुवाकोटको सभाहलमा जिल्ला न्यायाधिवक्ता टेकराज भुसाल ज्यूको संयोजकत्वमा समन्वय समितिको बैठक सम्पन्न गरियो । बैठकमा  सदस्यको रुपमा नुवाकोट जिल्लाका प्रहरी उपरिक्षक श्री राम प्रकाश शाह,जिल्ला प्रशासन कार्यालय नुवाकोका प्रतिनिधि श्नी निलम भुसाल,जिल्ला अस्पतालका  श्री देवकी खतिवडा,सदस्य सचिवमा श्री गोपाल दाहाल र आमन्त्रित उपस्थितिमा नुवाकोट जिल्ला अदालतका माननिय जिल्ला न्यायाधिश श्री उमेश प्रसाद लुईटेल,प्रमुख जिल्लाअधिकारी श्री जिवन प्रसाद दुलाल,प्रहरी  नीरिक्षक  श्री जनार्दन घिमिरे, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक श्री पौरख  ढुङ्गाना, डिभिजन वन कार्यालयका वन अधिकृत श्री राजकुमार यादव,कारागार कार्यालय नुवाकोटका जेलर(शा.अ.) श्री गंगालाल योगी,मालपोत कार्यालय नुवाकोटका श्री होमनाथ सेढाई र  नापी कार्यालयको नापी अधिकृत श्री  संजिव कुमार सिंहको उपस्थिति भएको थियो । बैठकमा अपराध अनुसन्धान अभियोजन,साक्षी परिक्षण,फैसला कार्यन्वयन र प्रभावकारी अभियोजन समेतमा प्रभावकारीताको सम्बन्धमा छलफल गरियो ।


संलग्न जोडिएका विवरणहरु

बैठक download