समुदायमा सरकारी वकील तथा समुदायमा प्रहरी साझेदारी कार्यक्रम सम्‍पन्न

samachar

2078-1-12

महान्यायाधिवक्ताको कार्यालयको दोश्रो पञ्च वर्षिय रणनीतिक योजना ०७३/०७४–०७७/०७८ को कार्यान्वयनको सन्दर्भमा जिल्ला सरकारी वकील कार्यालय‚ नुवाकोटले निर्धारण गरेको वार्षिक कार्य योजना ०७७/०७८ अन्तर्गतको समुदायमा सरकारी वकील तथाा प्रहरी साझेदारी कार्यक्रम मिति २०७८/१/११ गते नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका वडा नं.७ शिखरवेशी स्थित सम्पन्न  भयो । 

       जिल्ला सरकारी वकील कार्यालय‚ नुवाकोटका जिल्ला न्यायाधिवक्ता श्री टेकराज भुसालको अध्यक्षतामा संचालित कार्यक्रममा नुवाकोट जिल्ला अदालतको श्रेस्तेदार श्री ईन्द्र कुमार खड्का,  नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिकाका वडा  नं. ७ का वडा अध्यक्ष भेष बहादुर सिटौला,ईलाका प्रहरी कार्यालय खरानिटारका प्रहरी नायव निरिक्षक कमला नराल, बार एसोसिएशनका उत्तम घिमिरे, श्री बच्छला मा.वि.शिखरवेशीका प्रधान्याध्यापक मोहन देवकोटा तथा शिक्षकहरु, शक्ति समुहका प्रतिनिधि, तथा बच्छला मा.वि. शिखरवेशीमा अध्ययनरत विद्यार्थि सहित स्थानीय जन समुदायको उपस्थिती रहेको थियो । उपस्थित जन समुदायबाट उठेका जिज्ञासाहरुलाई जिल्ला सरकारी वकील कार्यालय‚ नुवाकोट जिल्ला अदालत, नुवाकोट जिल्ला अदालत बार एशोशिएसन नुवाकोट‚ स्थानीय जन प्रतिनिधि‚ कानूनी सहायता समिति‚  प्रहरीका पदाधिकारीहरुले सम्वोधन गर्नु भएको थियो । कार्यक्रमको संचालन तथा व्यवस्थापन जिल्ला सरकारी वकील कार्यालय‚ नुवाकोटका  नायब सुब्बा  श्री गोपाल दाहालले गर्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments