समुदायमा सरकारी वकील कार्यक्रम

samachar

2077-10-3

महान्यायाधिवक्ताको कार्यालयको दोश्रो पञ्च वर्षिय रणनीतिक योजना ०७३/०७४–०७७/०७८ को कार्यान्वयनको सन्दर्भमा जिल्ला सरकारी वकील कार्यालय‚ नुवाकोटले निर्धारण गरेको वार्षिक कार्य योजना ०७७/०७८ अन्तर्गतको समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७७/१०/०३ गते नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका वडा नं.१ भाल्चे स्थित वडा कार्यालयको प्राङगणमा सम्पन्न  भयो । 

       जिल्ला सरकारी वकील कार्यालय‚ नुवाकोटका जिल्ला न्यायाधिवक्ता श्री टेकराज भुसालको अध्यक्षतामा संचालित कार्यक्रममा नुवाकोट जिल्ला किस्पाङ गाउँपालिकाका अध्यक्ष‚ किस्पाङ गाँउपालिका वडा नं. १ का वडा अध्यक्ष‚  वडा सदस्यहरु‚ नुवाकोट जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष‚ कोषाध्यक्ष‚  केन्द्रिय पार्षद‚ पुर्व अध्यक्ष‚ कानुनी सहायता समितिका प्रतिनिधि‚ स्थानीय प्रहरी प्रमुख‚ स्थानीय स्तरमा रहेका विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका कार्यालय प्रमुखहरु सहित स्थानीय जन समुदायको उपस्थिती रहेको थियो । उपस्थित जन समुदायबाट उठेका जिज्ञासाहरुलाई जिल्ला सरकारी वकील कार्यालय‚ नुवाकोट जिल्ला अदालत बार एशोशिएसन नुवाकोट‚ स्थानीय जन प्रतिनिधि‚ कानूनी सहायता समिति‚ स्थानीय प्रहरीका पदाधिकारीहरुले सम्वोधन गर्नु भएको थियो । कार्यक्रमको संचालन तथा व्यवस्थापन जिल्ला सरकारी वकील कार्यालय‚ नुवाकोटका सहायक जिल्ला न्यायाधिवक्ता श्री रविन्द्र कुमार श्रेष्ठले गर्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments