2077-9-8
मिति २०७७ पौष ५ गते आईतबार जिल्ला सरकारी वकील कार्यालय नुवाकोटका जिल्ला न्यायाधिवक्ता श्री टेकराज भुसालको संयोजकत्वमा यस जिल्लामा अपराध अनुसन्धान अभियोजन बहस पैरवी,प्रतिरक्षा र फैसला कार्यन्वयनमा सरोकारवाला निकाय विच समन्वय समितिको बैठक बसी अन्तक्रिया गरिदा समस्याको पहिचान भई समाधान गर्न सहज हुने हुदा यस्ता कार्यक्रम समय समयमा गर्दा कार्य सम्पादनमा एकरुपता कायम हुने र सेवा प्रवाहमा प्रभाकारिता आउने हुदाँ सम्बन्धित निकायहरु विच आवश्यकता र अनुरोध बमोजिम समन्वय गर्न सरकार वादी मुद्दालाई अझ प्रभावकारी बनाउन सहयोग गर्दै जाने निर्णय गरियो ।
बैठकमा नुवाकोट जिल्लाका माननिय जिल्ला न्यायाधीश श्री उमेश प्रसाद ल्ईटेल,प्रमुख जिल्ला अधिकारी श्री झंकनाथ ढकाल,प्रहरी नायब उपरीक्षक तुल बहादुर कार्की,जिल्ला अदालतका श्रेस्तेदार ईन्द्र कुमार खड्का, प्रहरी निरीक्षक ललिता ढकाल,मालपोत अधीकृत नारायण प्रसाद अधिकारी,नापी अधिकृत दशरध राज पोखरेल,कारागार कार्यालयका कार्यालय प्रमुख दुर्गा वाग्ले, डिभिजन वन कार्यालयका कार्यालय प्रमुख प्रेम प्रसाद सापकोटा र जिल्ला प्रशासन कार्याालयका निलम भुसाल लगायतको सहभागिता थियो ।
मिति २०८३।०१।२९ गते जिल्ला प्रहरी कार्यालय, नुवाकोटको हिरासत कक्ष अवलोकन तथा अनुगमन ।
मिति २०८०।०८।२२ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०।०८।१४ गते समन्वय समितिको बैठक सम्पन्न गरियो
मिति २०८०।०३।२१ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।
मिति २०७९।०९।२२ गते समन्वय समितिको बैठक सम्पन्न भयो
ईमेज साप्ताहिकमा प्रकाशित समाचार
समुदायमा सरकारी वकील कार्यक्रम आ.व२०७९-८०
मिति २०७९।०३।२२ गते समन्वय समितिको बैठक सम्पन्न