• कर्मचारी समेतको सकृय सहभागितामा पुरानो भवन मर्मत सम्भार शुरु
  • उच्च सरकारी वकील कार्यालय, इलामको सम्बन्धमा कुनै सल्लाह, सुझाव, प्रतिकृया वा गुनासो भएमा यस कार्यालयको फोन नं ०२७-५२००७१ वा ९८५२६८१९७१ तथा यस कार्यालयको आधिकारिक ई-मेल ठेगाना hgao.ilam@ag.gov.np मार्फत सम्पर्क गर्न सक्नुहुनेछ।

परिचय

उच्च सरकारी वकील कार्यालय इलामको संक्षिप्‍त परिचय

 

१.    गठन

न्याय प्रशासन ऐन, २०७३ को दफा ५ मा उच्च अदालतहरूको स्थापना सम्बन्धी व्यवस्था छ । उच्च अदालतहरू र उच्च अदालतका इजलास र अस्थायी इजलास रहेका स्थानहरूमा नेपाल सरकार वादी हुने वा नेपाल सरकारको हक, हित वा सरोकार निहीत रहेको मुद्दामा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्न तथा तोकिए बमोजिमको कार्यसम्पादन गर्न महान्यायाधिवक्ताको कार्यालय मातहतमा हाल नेपाल राज्यभर स्थापना भएका १८ वटा उच्‍च सरकारी वकील कार्यालयहरु मध्य यस उच्च सरकारी वकील कार्यालय, इलाम समेत एक रहेको छ  । यस कार्यालयको मातहतमा चारवटा जिल्ला सरकारी वकील कार्यालयहरु झापा, इलाम, पाँचथर र ताप्लेजुङ्ग पर्दछन् ।

यस उच्च सरकारी वकील कार्यालय इलाममा नेपाल न्याय सेवा सरकारी वकील समूहका राजपत्राङ्कित प्रथम श्रेणीका सहन्यायाधिवक्ता कार्यालय प्रमुखको रुपमा कार्यरत रहने व्यवस्था छ । यस कार्यालयको भवन इलाम नगरपालिका वडा नं ७ मा समुद्र सतहवाट करिव ४,००० फिटको उचाईमा अवस्थित रहेको छ ।  यस कार्यालयको पुर्वमा जिल्ला प्रशासन कार्यालय, दक्षीणमा नेपाल टेलिकमको कार्यालय, उत्तरमा मालपोत कार्यालय र पश्‍चिममा सुन्दर हरियाली चिया वगान रहेको छ । यस कार्यालयको तर्फवाट बहश पैरवीका लागि नियमित रुपमा उपस्थित हुनुपर्ने उच्‍च अदालत विराटनगर, इलाम इजलाससँग यस कार्यालयको दुरी २०० मिटर (२/३मिनेटको) मात्र रहेको हुँदा  अदालत तर्फको कार्य सम्पादनमा सहजता छ । यस उच्च सरकारी वकील कार्यालय, इलाममा रहने सरकारी वकील तथा अन्य कर्मचारीहरूको दरबन्दी विवरण निम्‍नानुसार रहेको छ ।

क्र. सं.

पद

श्रेणी

संख्या

१.

सह न्यायाधिवक्ता

राजपत्राङ्कित प्रथम श्रेणी

२.

उपन्यायाधिवक्ता

राजपत्राङ्कित द्बितीय श्रेणी

३.

शाखा अधिकृत

राजपत्राङ्कित तृतीय श्रेणी

४.

नायव सुव्वा

राजपत्र अनङ्कित प्रथम श्रेणी

५.

कम्प्यूटर अपरेटर

राजपत्र अनङ्कित प्रथम श्रेणी

६.

खरिदार

राजपत्रअनङ्कित द्बितीय श्रेणी

७.

सह लेखापाल

राजपत्रअनङ्कित द्बितीय श्रेणी

८.

हलुका सवारी चालक

श्रेणीविहिन

९.

कार्यालय सहयोगी

श्रेणीविहिन

२.    उच्च सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकीलहरूको काम, कर्तव्य र अधिकार :-

सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ एवं सरकारी वकील सम्बन्धी नियमावली, २०५५ मा व्यवस्था भए बमोजिम उच्च सरकारी वकील कार्यालयका सरकारी वकीलहरूको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेको छ :-

अभियोजनात्मक कार्य (मुद्दा चलाउने नचलाउने सम्वन्धी निर्णय) :-

·सुरु मुद्दा दायर गर्नुपर्ने विषयमा प्राप्त मिसिल कागजात अध्ययन गरी मुद्दा चलाउन आवश्यक देखेमा मुद्दा चलाउने निर्णय गर्ने,

·प्रमाणको अभावमा मुद्दा चलाउन आवश्यक नदेखिएमा आफ्नो निर्णय सहित अन्तिम निर्णयको लागि मिसिल कागजात महान्यायाधिवक्ताको कार्यालयमा पठाउने र अन्तिम निकासा भई आए बमोजिम गर्ने, गराउने ।

·मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुबाट मुद्दा नचलाउने गरी गरेको निर्णय सहितको प्राप्त मिसिल कागजात अध्ययन गरी मुद्दा चलाउन आवश्यक देखेमा सोही बमोजिम निर्णय गरी फिर्ता पठाउने र मुद्दा चलाउन आवश्यक नदेखिएमा आफ्नो निर्णय सहितको मिसिल कागजात अन्तिम निर्णयको लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाई निकासा भए बमोजिम गर्ने, गराउने ।

पुनरावेदकीय कार्य :-

·जिल्ला अदालतले गरेको निर्णय उपर उच्च अदालतमा पुनरावेदन गर्ने वा नगर्ने भन्ने सम्बन्धमा मातहतका जिल्ला सरकारी वकील कार्यालयबाट प्राप्त मिसिल कागजात मस्यौदा अध्ययन गरी पुनरावेदन गर्नुपर्ने देखिएमा उच्च अदालत विराटनगर इलाम इजलासमा पुनरावेदन दायर गर्ने, पुनरावेदन गर्न आवश्यक नदेखेमा आफ्नो राय प्रस्ताव सहित मिसिल कागजात महान्यायाधिवक्ताको कार्यालयमा पठाउने र निकासा भए बमोजिम गर्ने ।

बहस पैरवी र प्रतिरक्षा सम्वन्धी कार्य :-

·उच्च अदालत विराटनगर इलाम इजलास समक्ष उपस्थित भई नेपाल सरकार वादी भई दायर गरिएका सुरु मुद्दाहरू (बैङ्किङ्ग कसूर सम्वन्धी मुद्दाहरु), पुनरावेदनहरू र नेपाल सरकारलाई विपक्षी बनाई दायर गरिएका मुद्दाहरू एवं रिट निवेदनहरूमा नेपाल सरकारको प्रतिनिधित्व गरी बहस पैरवी र प्रतिरक्षा गर्ने ।

कानुनी राय प्रदान गर्ने :-

·सम्वन्धित सरकारी निकाय वा अधिकारीबाट माग भए बमोजिमको कानूनी प्रश्नमा राय प्रदान गर्ने ।

प्रचलित नेपाल कानुनले तोकेको अन्य कार्य गर्ने :-

·प्रचलित नेपाल कानूनले उच्च सरकारी वकील कार्यालयका सरकारी वकीलले गर्ने भनी तोकेको अन्य कार्यहरू सम्पादन गर्ने ।

आत्महत्या एवं प्रतिवादी नहुने प्रकृतिका मुद्दाहरुमा अन्तिम निर्णय गर्ने :-

·मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुवाट प्राप्त मुद्दा मध्य आत्महत्या एवं प्रतिवादी नहुने प्रकृतिका मुद्दाहरु र वारदातवाट कर्तव्य देखिएको तर प्रतिवादी खुल्न नआएका मुद्दाहरुका हकमा मुद्दा चलाउने नचलाउने सम्वन्धमा अन्तिम निर्णय गर्ने । ( माननीय महान्यायाधिवक्ताज्यूवाट भएको मिति २०७२/०६/०३ को अधिकार प्रत्यायोजन वमोजिम )

मुद्दा दोहोर्‍याउने निवेदन नगर्ने निर्णय गर्ने :-

·उच्‍च अदालत विराटनगर इलाम इजलासले गरेका फैसला वा अन्तिम आदेशहरुमा सर्वोच्‍च अदालतमा पुनरावेदन नलाग्‍ने मुद्दाहरुमा न्याय प्रशासन ऐन, २०७३ को दफा १२को उपदफा (१) को खण्ड (क)(ख)(ग)(घ) को अवस्था विद्यमान नभई मुद्दा दोहोर्‍याउन उपयुक्त छैन भन्ने सम्वन्धित सहन्यायाधिवक्तालाई लागेमा मुद्दा दोहोर्‍याई हेरी पाउन निवेदन नगर्ने निर्णय गर्ने । ( माननीय महान्यायाधिवक्ताज्यूको मिति २०७३/०१/३१ को अधिकार प्रत्यायोजन वमोजिम )

हिरासत अनुगमन सम्वन्धी कार्य :-

·यस उच्च सरकारी वकील कार्यलय मातहत रहेका चार जिल्लाहरु (झापा, इलाम, पाँचथर र ताप्लेजुङ्ग) को हकमा हिरासतमा रहेका व्यक्तिलाई नेपालको संविधानको अधिनमा रही मानवोचित व्यवहार नगरेको वा त्यस्तो व्यक्तिलाई आफन्तसँग वा कानुन व्यवसायी मार्फत भेटघाट गर्न नदिएको भन्ने उजूरी परेमा वा जानकारी हुन आएमा यस कार्यालयका सहन्यायाधिवक्ता वा सो हैसियतमा काम गर्ने सम्वन्धित सरकारी वकीलले छानवीन गरी त्यस्तो हुनवाट रोक्‍न सम्वन्धित अधिकारीलाई आवश्यक निर्देशन दिने । ( माननीय महान्यायाधिवक्ताज्यूवाट मिति २०६८/१२/१ गतेवाट लागुहुने गरी भएको अधिकार प्रत्यायोजन वमोजिम )

३.   उच्च सरकारी वकील कार्यालय इलामबाट सम्पादित हुने अन्य नियमित कार्यक्रमहरुको विवरण :-

·समुदायमा सरकारी वकील कार्यक्रम संचालन गर्ने (वजेटको परिधीभित्र रही यस वर्ष कम्तिमा ३ वटा )

·सरोकारवाला निकायहरुसंग अन्तरक्रिया कार्यक्रम संचालन गर्ने (वजेटको परिधीभित्र रही यसवर्ष कम्तिमा एक पटक )

·समन्वय समितिको वैठक आयोजन गर्ने ( आवस्यकताअनुसार वर्षमा कम्तीमा तीन पटक)

































सह-न्यायाधिवक्ता

श्री हिमालयकुमार त्रिताल

उप-न्यायाधिवक्ता

श्री राजेन्द्र भट्टराई

सहायक न्यायाधिवक्ता ( सूचना अधिकारी ) फोन नं. 9862644413

श्री तेजबहादुर सिंजाली मगर